राजधानीमा विद्याभारतीको प्रान्तीय सप्तशक्ति संगम कार्यशाला सम्पन्न

IMG-20250803-WA0160

गान्तोक: विद्या भारती अखिल भारतीय शिक्षा संस्थानअन्तर्गत विद्या भारती सिक्किम प्रान्तद्वारा आयोजित एक दिवसीय प्रान्तीय सप्तशक्ति संगम कार्यशाला गान्तोकस्थित सरस्वती विद्या निकेतनमा सम्पन्न भयो। कार्यशालाका प्रमुख अतिथि तथा विद्या भारती सिक्किमका मुख्य सल्लाहकार हरिशंकर शर्माले संस्कार, संस्कृति र शिक्षा मानिसको जीवनका आधार हो भन्दै संस्कारबिना जीवन अन्धकार हुने बताउँदै मातृशक्तिको भूमिकालाई उच्च सम्मान दिँदै समाज, परिवार र राष्ट्र निर्माणमा माताहरूको योगदान अपरिहार्य रहेको बताए। कार्यक्रमको शुरु छात्रद्वारा सरस्वती वन्दनाबाट गरिएको थियो। स्वागत मन्तव्य विद्या भारती सिक्किमका संयोजक मोहन शर्माले राख्ने। कार्यक्रममा राष्ट्रिय स्वयंसेवक संघको शताब्दी वर्षको सन्दर्भमा आगामी योजनाहरूको जानकारी दिइयो। विजय दशमी २०२५ मा संघले एकसय वर्षमा प्रवेश गर्ने जानकारी गराए। विद्या भारतीले “पञ्च परिवर्तन” अभियानअन्तर्गत कुटुम्ब प्रबोधन, मातृ सम्मेलन, पर्यावरण संरक्षण, स्वदेशी प्रवर्द्धन तथा नागरिक कर्तव्य सम्बन्धी कार्यहरू सम्पूर्ण भारतभरि सञ्चालन गर्ने योजना बनाएको छ। सोही कार्यक्रमलाई अघि बढाउने उद्देश्यले सिक्किममा हालै ६ सदस्यीय समिति गठन गरिएको छ। कार्यक्रममा विद्या भारती पूर्व क्षेत्र अन्तर्गत सिक्किम, उत्तर बंगाल, दक्षिण बंगाल, ओडिशा, अन्दमान–निकोबारका प्रभारी तथा अखिल भारतीय सहमन्त्री पवित्रा दाहालले कार्यशालाको उद्देश्य, रूपरेखा तथा आगामी कार्यदिशाबारे जानकारी दिइन्। कार्यक्रममा “हम ही मातृशक्ति है, हम ही आदि शक्ति है” गीतको सामुहिक गायन समेत गरिएको थियो। कार्यक्रम सञ्चालन विद्यालयकी शिक्षिका मिग्मा तामाङले गरिन्। कार्यशालामा १४ जना महिला र ६ जना पुरुष सहभागी थिए। विद्यालय सञ्चालक समितिका सल्लाहकार राजकुमार अग्रवाल र समाजसेवी सोभना शारदाको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement