दार्जीलिङको प्रतिष्ठित एनपी स्कूलका विद्यार्थीहरूले गरे कर्फेक्टारको अध्ययन भ्रमण

IMG-20250803-WA0156

गान्तोक: राज्य सरकारको कर्फेक्टारस्थित राज्य ग्रामीण विकास तथा पञ्चायती राज संस्थान कार्यालयमा अध्ययनका लागि आएका दार्जीलिङको प्रतिष्ठित सेन्ट जोसेफ स्कूल (नर्थ प्वाइन्ट) का विद्यार्थीहरूको समूहले आज व्यावहारिक एक्सपोजरअन्तर्गत अध्ययन गरे। यसअन्तर्गत पर्माकल्चर अध्ययनमाथि महत्व दिएका थिए। शैक्षिक कार्यक्रमअन्तर्गत एक भागको रूपमा संस्थानको भ्रमण गरेको जानकारी गराइएको छ। उक्त भ्रमण पर्यावरणीय शिक्षा, दिगो कृषि अभ्यासहरू, र प्राकृतिक स्रोत व्यवस्थापनमा युवा संलग्नतालाई प्रवर्द्धन गर्ने उद्देश्यले एसआइआरडी र सेन्ट जोसेफ स्कूल नर्थ प्वाइन्टबीच हस्ताक्षर गरिएको गैर-वित्तीय समझदारी पत्र अन्तर्गत श्रृङ्खला शुरु हो। यस पहलको एक भागको रूपमा विद्यार्थीहरूको सात समूहले लगाताररुपमा पर्माकल्चर र दिगो कृषि प्रणालीहरूमा व्यावहारिक सत्रहरूको लागि एसआइआरडीको भ्रमण गर्नेछन्। भ्रममणको मुख्य आकर्षण कर्फेक्टार डेरी फार्ममा भएको क्षेत्रीय कार्य प्रणाली थियो। जहाँ विद्यार्थीहरूले गाईको प्रत्यक्ष दुध निकाल्ने कार्यक्रममा भाग लिएका थिए। जसले उनीहरूलाई कृषिमा आधारित जीविकोपार्जन गतिविधिहरूको प्रत्यक्ष अनुभव प्रदान गराएको छ। उक्त पहल शैक्षिक संस्थाहरूमा पर्माकल्चर शिक्षा र पुनरुत्पादक कृषि अभ्यासहरूलाई प्रवर्द्धन गर्ने राज्य सरकारको निर्देशन अनुरूप रहेको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement