गान्तोक: लेप्चा समुदायको महान पर्व टेण्डोङ ल्हो रूम फात राजधानी गान्तोकमा आजदेखि शुरू भयो। पहिलो दिनको कार्यक्रम राजधानीस्थित चिन्तन भवनमा भएको थियो। यस अवसरमा मुख्य अतिथिकारूपमा रहेका सडक तथा पुल विभागीय मन्त्री एनबी दाहालले कार्यक्रमबारे प्रकास पारे। यस अवसरमा पद्मश्री सानु लामाद्वारा लिखित लोकप्रिय गीत ‘जहाँ बग्छ टिस्टा रङगीत’ बजाएर उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो। कार्यक्रममा रोङरोङ लेप्चा कल्चर अनि वेलफेयर सोसाइटीद्वारा निर्मित एआई एप्पको पनि सार्वजनिक गरियो। आजदेखि शुरु भएको उत्सव प्रत्येक दिन विविध कार्यक्रमहरूसँगै आगामी ८ अगस्तमा समापन हुनेछ।। कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि वन तथा पर्यावरण विभागीय मन्त्री पिन्छो नामग्याल लेप्चाले ज्ञान अन्तर्क्रियामार्फत समुदायको पहिचान संरक्षणमा महत्वमाथि जोड दिए। आजको कार्यक्रममा लेप्ता समुदायका विद्यावनहरुले राखेका ज्ञान वर्तमानका लागि मात्र नभई भावी पुस्ताका लागि पनि मूल्यवान रहने बताए। विद्यार्थीहरूलाई भविष्यका नेतृत्वको रूपमा उल्लेख गर्दै, उनले सत्रको क्रममा ज्ञानको अन्तर्दृष्टिहरूलाई आत्मसात गर्न र यसलाई कार्यान्वय गर्न गहिरो शैक्षिक अनुसन्धान गर्नुपर्ने आग्रह गरे। उनले परम्परागत र आधुनिक दुवै विषयमाथि काम गरिरहेका विद्यार्थीहरूलाई सरकारको तर्फबाट पूर्ण सहयोग गर्ने आश्वासन दिए। मन्त्री लेप्चाले जानकारी गराएअनुसार टेण्डोङ ल्हो रूम फात पर्वको एक भागको रूपमा सांस्कृतिक प्रदर्शन, साहित्यिक र अन्तरधार्मिक प्रार्थनाहरूसहितका कार्यक्रमहरू जारी रहने जनाए।