डिकलिङ विद्यालयको ७५औं स्थापना दिवसमा साहित्यिकहत्य कार्यक्रम आयोजित

IMG_20220919_235356.jpg

गान्तोक: पाकिम जिल्ला अन्तर्गत डिकलिङ उच्चत्तर माध्यमिक विद्यालय स्थापना भएको ७५औं वर्षागाँठ अर्थात प्लेटियम जुबलीको अवसरमा प्रकाश महोत्सव पालन गरिरहेको छ। यसै क्रममा आज साहित्यिक कार्यक्रमको अन्तिम दिन तादोङ निर्वाचन क्षेत्रका विधायक जीटी ढुङ्गेल मुख्य अतिथिकोरूपमा उपस्थित थिए भने नाम्चेबुङ निर्वाचन क्षेत्रका विधायक एम प्रसाद शर्मा विशिष्ट अतिथिकोरूपमा रहेका थिए। उल्लेखनीय छ, विधायक एम प्रशाद शर्मा प्लेटिनियम जुबली समारोह समितिका प्रमुख संरक्षक पनि हुन्। यस अवसरमा विधायक ढुङ्गेलले चिफ मिनिस्टर वन माइल गोल्डन रनलाई झण्डा हल्लाएर प्रस्थान गराए। उनले आयोजक समितिले यस प्रकारको कार्यक्रममा आफूलाई आमन्त्रित गरेर समारोहमा सहभागिता बन्न पाएकोमा खुशी प्रकट गरे। यस साहित्यिक कार्यक्रममा पाकिम जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement