मूर्ति निर्माण कार्यको निरीक्षणका लागि अजय एडवर्ड्स राजस्थानमा..

IMG-20250803-WA0149

दार्जिलिङ: गोर्खाल्याण्ड आन्दोलनका ती वीर शहीदहरूप्रति सम्मान जनाउनको निम्ति ईण्डियन गोर्खा जनशक्ति फ्रण्ट प्रमुख अजय एडवर्ड्स हाल राजस्थानको एक ऐतिहासिक ढुंगा खानीमा मूर्ति निर्माण कार्यको निरीक्षणका लागि उपस्थित छन्। यस खानीमा गोर्खाल्याण्ड आन्दोलनका वीर शहीदहरूको अति मर्मस्पर्शी र कलात्मक कलाकौशलमार्फत मूर्ति निर्माण भइरहेका छन्।
यस विषयमा अजय एडवर्ड्सले भने “यी मूर्तिहरू अत्यन्त श्रद्धा र सठीक कलात्मक अभिव्यक्तिका साथ तयार पारिएका छन्। चाँडै यी मूर्तिहरू रेलिङ – कैजले समष्टिका स्थानीय युवा सङ्गठनको सहकार्यमा स्थापना गरिनेछ, जसले हाम्रो आन्दोलनको इतिहासलाई भावी पुस्ताहरूसम्म जीवित राख्नेछ।


यस अवसरमा, हामीले ख्यातिप्राप्त मूर्तिकारसँग पनि भेट गर्यौं, जसको परिवार पुस्तौँदेखि शिल्पकलामा समर्पित रहँदै आएको छ। विशेषगरी उहाँले कोलकाताको प्रतिष्ठित बिर्ला मन्दिरका सम्पूर्ण मूर्ति र भित्तेचित्रहरू निर्माणमा महत्वपूर्ण योगदान दिनु भएको थियो। उहाँको हातबाट बनेका कलाकृतिहरू केवल ढुंगा होइन, इतिहास दर्शाउने दस्तावेज हुन्।”


अजय एडवर्ड्सले अघि भने, ‘हाम्रो आन्दोलन, हाम्रो इतिहास र शहीदहरूको बलिदानलाई स्मृतिमा मात्र होइन, ढुंगामा उतारेर अमर बनाउने हाम्रो अभियान अब मूर्तरूप लिन थालेको छ। यसले भावी पुस्तालाई आफ्नो सहीदहरूको कथा बताइरहनेछ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement