हाम्रो टोल, हाम्रो समाधान ममताको चुनावी कार्यक्रम मात्रै रहेको भाजपाको आरोप

IMG-20250803-WA0147

खरसाङ: बंगाल विधानसभा चुनाव अर्को वर्ष हुँदैछ। बंगालकी मुख्यमन्त्री आफ्नो पद जोगाउनु मरिहत्ते गर्दैछन्। यसको लागि जे जे गर्नु मन लाग्यो, सबै गर्नु चाहँदैछन्। अहिले “हाम्रो टोल,हाम्रो समाधान” नामको कार्यक्रम गाउँ गाउँमा, बुथ बुथमा गर्ने र प्रत्येक बुथमा विकासको लागि १० लाखसम्म दिने घोषणा गरेका छन्। यो सबै ममता ब्यानर्जीको जनता लट्याउने चुनावी उपक्रम मात्रै हो। कुनै योजना हुने सम्भावना छैन भनी खरसाङ खण्ड पञ्चायत समितिकी सदस्या एंव खरसाङ मण्डल समितिकी सभापति दिक्षा तामाङले आरोप लगाएकी छन्‌।
उनले एक प्रेस विज्ञप्ति जारी गर्दै भनिन् , यो योजनाको लागि मात्रै व्ययभार कमसेकम ९३ करोड ५० लाख लाग्छ। दार्जीलिङ पहाडमा अहिले मोठ ९३५ वटा बुथहरु छन्। यो बंगाल सरकारको निम्ति असम्भव विषय हो। यसैले यो कार्यक्रम सरकारको ढाँट कार्यक्रम हो।’
उनले अघि भनिन् ‘योभन्दा अघि बंगाल सरकारले ग्राम पञ्चायतहरुमार्फत द्वारे सरकार कार्यक्रम घरि घरि गरेर ग्रामीण जनताको लागि नानाथरीका सहुलियतहरु प्रदान गर्ने लोभ देखाउँदै अनगिन्ती फर्महरु भर्नु लगाए। तर खोइ जनताले के फायदा पाए? बृद्ध भत्ता समेत धेरै पहाडबासीले पाउनु सकेका छैनन्। कतिजना वृध्दभत्ताको आशै आशमा मरिसके। कतिजना गरीबको घर छैन। द्वारे सरकारले संग्रह गरेको आवेदन फर्महरु कहाँ छन्? अत: अहिले हाम्रो टोल हाम्रो समाधान भनी गाउँ ठाउँमा जनताको घुँईचो बनाएर निलो र सेतो ब्लुमको प्रचार प्रसार गर्नु मात्रै मूल उद्देश्य हो। पहाडको जनता सचेत हुनुपर्छ। यदि तृणमूल दलले नै सरकार गठन गरेको खण्डमा दार्जीलिङ पहाडले अझै पिडित हुनुपर्छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement