दार्जिलिङ नगरपालिका ५ अनि ६ नम्बर वार्डबाट ७१ परिवारले समाए भागोप्रमोको झण्डा

IMG-20250803-WA0142

दार्जिलिङ: दार्जिलिङ ब्लुमफिल्ड ऋषिहाट समष्टि अन्तर्गत नगरपालिका क्षेत्रको ५ अनि ६ वार्डमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको समर्थन कार्यक्रम सम्पन्न भएको छ। केन्द्रिय अध्यक्ष अनित थापाको उपस्थितिमा महासचिव अमर लामाको बाहुलीबाट लगभग ७१ परिवारले पार्टीको झण्डा ग्रहण गरेका छन्।


उक्त समर्थन सभालाई सम्बोधन गर्दै अनित थापाले भने- भागोप्रमो पार्टी पहाडको भविष्य हो। हामी राजनैतिक दल मात्र होइनौ तर पहाडको नयाँ सोच पनि हौ। हामी दलको अस्तित्वको लडाइँमा होइन, पहाडको अनि समाजको परिवर्तनको सङ्घर्षमा मैदानमा उत्रेका छौँ।
थापाले भने, चुनाव जित्ने हाम्रो रहर होइन। चुनाव जिताउने काम त जनताले गर्छ। उहाँहरूको सोचले चुनाव जिताउँछ। उहाँहरुले हाम्रो काम, व्यवहार, सोचलाई कसरी अनुभव गर्छन त्यसैको आधारमा हामीलाई भोट दिन्छन् या दिँदैनन्। त्यसैले चुनावमा जित्छु भनेर हामी काम गर्दैनौं तर हाम्रो कामले कसरी समाजको सेवा हुन्छ अनि व्यक्तिको सोचलाई परिवर्तन गर्छ, त्यो हाम्रो उद्देश्य हो। हाम्रो राजनीति समाज परिवर्तनको राजनीति हो, सत्ता मोहको राजनीति होइन।


उनले अझ भने, हामी गाली गर्ने, आरोप लगाउने राजनीति गर्दैनौं। हाम्रो राजनीति व्यवहारिक अनि सकरात्मक राजनीति रहेको छ। हामी कसैले उक्साउँदैमा उक्सिन्दैनौं। हाम्रोमा पनि तातो रगत बग्छ तर ठण्डा दिमागले निर्णय लिन्छौ। फरक यही हो।
सबैलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा स्वागत छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement