खरसाङ निवासी अनन्त शर्मालाई भौतिक विज्ञानमा एमएससीमा मिजोरम युनिभर्सिटीबाट गोल्ड मेडल प्राप्त

IMG-20250803-WA0141

खरसाङ: खरसाङ निवासी अनन्त शर्माले यसपाली २०२५ मा मिजोरम युनिभर्सिटीबाट भौतिक विज्ञानमा एमएससीमा गोल्ड मेडल प्राप्त गरेका छन्। खरसाङको डाउहिल रोडस्थित गुरुकुल आश्रम (खरसाङ कलेज नजिक) निवासी पिता बिक्रम शर्मा दाहाल र माता नेत्रा शर्मा दाहालको सुपुत्र अनन्त शर्माले मिजोरम युनिभर्सिटीबाट यसपाली भौतिक विज्ञान विषयको एमएससीमा युनिभर्सिटी टप गरेर मेडल जित्न सफल बनेका छन्। उनले भौतिक विज्ञानमा एमएससीमा ८४.९३ प्रतिशत अंक ल्याएर युनिभर्सिटी टप गर्दै गोल्ड मेडल जित्न सफल बनेका छन्। आनन्द शर्माले दशौं श्रेणीसम्मको पढाई खरसाङको सन्त अल्फन्सेस विद्यालयमा अध्ययन गरेका थिए भने एघारौँ र बाह्रौं श्रेणीसम्मको पढाई खरसाङको‌ पुष्परानी उच्चत्तर माध्यमिक बिद्यालयमा गरेका थिए। उनले विज्ञान विषयमा स्नातक तहसम्मको अध्ययन दार्जीलिङको सन्त जोसेफ कलेजमा गरेका थिए।‌ खरसाङ निवासी आनन्द शर्माको यो उपलब्धिमा सबैले बधाई टक्र्याएका छन् भने उनले खरसाङ लगायत सम्पूर्ण पहाडलाई नै गौरवान्वित तुल्याएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement