महानदी हाई स्कूलमा च्याऊ खेती विषयमा प्रशिक्षण

IMG-20250803-WA0137

खरसाङ: महानदी हाई स्कूलमा विद्यार्थीहरुलाई च्याऊ खेती विषयमा प्रशिक्षण शिविरको आयोजना गरिएको छ। उक्त च्याऊ खेतीको प्रशिक्षण शिविरको आयोजना शान्ति संघ घुम्ती चियाबारीको आयोजनामा सम्पन्न गरिएको छ‌। यस शिविरमा अध्यक्षको रूपमा महानदी हाई स्कूलको प्रधान अध्यापक महेन्द्र छेत्री, अतिथिमा आदर्श श्रमिक कल्याण भवन सञ्चालन समितिको सभापति एसबी तामाङ उपस्थित रहेका थिए।

यस च्याऊ खेतीमाथि प्रशिक्षण दिनलाई अम्बटेबाट मन मुख्य प्रशिक्षक जयकुमार थापा र सहायक प्रशिक्षक प्रणाम प्रधान उपस्थित रहेका थिए।

यस शिविरलाई सहयोग समाजसेवी टीटी लामाले गरेका थिए। यस प्रशिक्षण शिविरमा २५ जना जति विद्यार्थीहरुले भाग लिएका‌ थिए‌ भने यस शिविरमा शिक्षक शिक्षिकाहरु पनि उपस्थित रहेका थिए‌। विद्यार्थीहरुलाई किताबी ज्ञानमा मात्रै सिमीत नराखेर व्यावहारिक शिक्षा र प्रशिक्षणहरु पनि दिएर उन्नतिको मार्गमा अघि लगाउनका लागि च्याऊ खेतीको प्रशिक्षण दिइएको भनी समाजसेवी सूर्यनारायण प्रधानले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement