सिक्किममा दूरसञ्चारको परिसेवा क्षेत्र अनि गुणस्तरमा सुधार सम्बन्धी प्रतिवेदन मुख्य सचिवसमक्ष प्रस्तुत

IMG-20220919-WA0195.jpg

गान्तोक: राज्यमा दूरसञ्चारसित सम्बन्धित विषयबारे जाँचबुझ गरी सिक्किममा दूरसञ्चार परिसेवा क्षेत्रमा सुधार ल्याउनका लागि पूर्वाधार विकासको विस्तृत योजना बनाउन सिक्किम सरकारका मुख्य सचिव एवं राज्य ब्रडब्याण्ड समितिका अध्यक्षद्वारा दूरसञ्चार विभाग अन्तर्गत डीडीजी एन मुरली कृष्ण अध्यक्ष तथा डीआइटी सिक्किमका सचिव योगेन्द्र शर्मा अनि टीरआरएआइ क्षेत्रीय कार्यालय कोलकताका आइटीएस सल्लाहकार डा. एसके सामन्त सदस्य रहेको राज्य ब्रडब्याण्ड उप-समिति गठन गरिएको थियो। उप-समितिले सिक्किममा दूरसञ्चार परिसेवाको क्षेत्र अनि गुणस्तरमा सुधारका लागि सिफारिशका साथमा प्रतिवेदनलाई अन्तिम रूप दिएको छ।
उप-समितिद्वारा १९ सेप्टेम्बरको दिन टाशीलिङ सचिवालयमा राज्यका मुख्य सचिव विजयभूषण पाठकसँग भेटवार्ता गरियो। सिक्किम सरकारको मुख्य सचिवका रूपमा पदभार सम्हालेवापत् बधाई दिँदै दूसञ्चार विभागका डीडीजी एन मुरलीकृषण अनि डीआइटीका सचिव योगेन्द्र सचिवले मुख्य सचिवसमक्ष समितिको प्रतिवेदन पेश गरे। यस अवसरमा डीओटीका निर्देशक जयन्त कोले पनि सामेल थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *