दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए) को तत्त्वावधानमा आयोजित त्रिस्तरीय फूटबल लीगको शनिवार समापन भयो। लेबोंग स्थित गोर्खा स्टेडियममा आज खेलिएको प्रीमियर डीविजन लीगको फाइनलमा भा तकभर युनाइटेड एफसी-ले दार्जीलिङ पुलिसविरुद्ध २–१ ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट टिका राई र भिक्टर छेत्रीले गोल गरे। यसरी दार्जीलिङ पुलिसको तर्फबाट निवास राणाले गोल गरे। यसरी सेकेण्ड डीविजन लीगको फाइनलमा डीएम अफिसले सिंगालिला एफसीविरुद्ध पेनल्टी शूटआउटमा ४–२ ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर २–२ को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा डीएम अफिसको तर्फबाट उमेश राई र कुणाल तामाङले गोल गरे। यसरी सिंगालिला एफसीको तर्फबाट विक्रम छेत्री र सनम राईले गोल गरे। फर्ष्ट डीविजन लीगमा चाहिँ घूम–जोरबंग्लो स्पोर्टिंग क्लब च्याम्पियन भयो। यसरी चामोंग फूटबल क्लब रनरअप् रह्यो। आज फाइनलको अवसरमा आयोजक दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तर्फबाट भारतीय महिला फूटबल टीमका प्रशिक्षक क्रिस्पिन छेत्रीलाई सम्बर्द्धना जनाइयो।