भीएनसी मर्निंग सकरको रोमाञ्चक जीत

IMG-20250803-WA0002

सिलगढ़ी: सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा भीएनसी मर्निंग सकरले क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। सालुगढ़ा खेल मैदानमा शनिवार भएको म्याचमा भीएनसी मर्निंग सकरले आयोजक सालुगढ़ा नेत्र बिन्दु संघविरुद्ध २–१ ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट म्याक्सवेलले ४८औं र पेपेले ८२औं मिनटमा गोल गरे। यसरी एसएनबीएस-को तर्फबाट निखिल राईले ६७औं मिनटमा गोल गरे। म्याचमा दुवै टीमका एक–एकजना खेलाड़ीलाई रेड कार्ड देखाइयो। विजेता टीमका अनमोल देवानले प्लेयर अव् द म्याचको ट्रफी र नगद पुरस्कार जिते। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ।

टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः १० र १२ अगस्तमा हुनेछ। यसरी नै फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement