पाकिममा जोखिम न्यूनीकरण दिवस पालन

IMG-20220919-WA0192.jpg

पाकिम: जिल्ला आपदा प्रवन्धन प्राधिकरण, पाकिमले हिजो राज्य जोखिम न्यूनीकरण दिवस पालन गऱ्यो। रोड़ाथाङ वरिष्ट माध्यामिक विद्यालयमा आयोजित कार्यक्रमको थीम ‘विपदको निम्ति सामुदायिक लचिलोपन’ रहेको थियो। जिल्लापाल टाशी छोपेल लेप्चा कार्यक्रमको मुख्य अतिथि थिए।

दिनभरि कार्यक्रममा आपदाका विभिन्न स्थितिमाथि आधारित कार्यक्रम आयोजना गरिएको थियो। उल्लेखनीय छ, हिजोको दिन नै २०११मा सिक्किममा ठूलो भूकम्प आएको थियो जसमा धेरै ज्यानमालको क्षति भएको थियो। त्यस्तै परिस्थितिको सामना गर्नको निम्ति नै हिजोको कार्यक्रम आयोजना गरिएको थियो। यस अवसरमा एनडीआरएफ-ले भूकम्पको समयमा उद्धार कार्यको निम्ति प्रयोगमा ल्याइने विभिन्न उपकरण पनि प्रदर्शनीमा राखिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल लेप्चाले आपदा प्रवन्धनको समय के कस्तो सतर्कता उप्नाउपर्ने भन्नै बारेमा जानकारी गराए। कार्यक्रममा पाकिमकी एडीसी अनुपा तामलिङ, रोड़ाथाङको पञ्चायत सदस्यहरू, एसएमसी सदस्यहरू, पुलिसकर्मीहरू साथै विद्यालयका विद्यार्थी अनि शिक्षक शिक्षिकाको उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *