गान्तोक: सानो छँदा लडछ की भन्ने डर, ठूलो भएपछि मार्छ कि भन्ने डरजस्तो नेपाली उखान यथार्थमा परिणत भएको छ।नाम्ची जिल्लाअन्तर्गत याङयाङस्थित लोवर शिरिपताममा आफ्नै नातीले बाजेबोजूमाथि प्राणघातक आक्रमण गरेको घटना प्रकाशमा आएको छ। उक्त घटना गत २९ जुलाई राति भएको हो। प्राप्त जानकारीअनुसार २१ वर्षीय सागर अधिकारीले आफ्नै बाजे बलानाथ र बोजू चन्द्रमायामाथि खुकुरीले प्राणघात आक्रमण गरेपछि स्थानीय गाउँ तनावग्रस्त बनेको छ। पछि उनलाई याङगाङ पुलिसले पक्राउ गर्दै केरकार गरेको छ।
प्राप्त जानकारीअनुसार घटनाको कारण पारिवारिक विवाद रहेको छ। यस घटनाबारे छिमेकीहरूले थाह पाएपछि तत्कालै पुलिसलाई खबर गरेका थिए। स्थानीहरूले दुवै जनालाई उपचारको निम्ति नजिकको अस्पताल पुऱ्याएका थिए। स्थानीयहरूले छिमेकी चिच्याएको आवाज सुनेपछि घटनास्थल पुगेर दम्पतिलाई बचाउने प्रयास गरेका थिए। जानकारीअनुसार दुवै खुनले लतपत भएका थिए। यस घटनाको सूचना पाउन साथ याक्ङयाङ थाना पुलिसको एउटा दल घटना स्थलमा पुगेर जायजा लिँदै प्रमाण जुटाउने काम गरेको छ। हाल आरोपी पुलिसको अधिनमा रहेको र केरकार गरिरहेको छ। प्राप्त जानकारी अनुसार हाल दुवै दम्पतिको स्वास्थमा सुधार आइरहेको छ।










