दुईसय कृषक जोड़िए प्रधानमन्त्रीको प्रत्यक्ष प्रशारणमा

IMG-20250802-WA0131

गान्तोक: पूर्व सिक्किम कृषि विज्ञान केन्द्रले सिक्किम सरकारको कृषि विभागको सहयोगमा आज प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा प्रधानमन्त्री किसान सम्मान निधि योजनाको २०औँ किस्ता जारी कार्यक्रम सम्पन्न गऱ्यो। यसअवसरमा राज्यस्तरीय प्रत्यक्ष प्रसारण कार्यक्रम आयोजना गरियो। कार्यक्रममा पूर्व सिक्किमका विभिन्न गाउँका लगभग २०० किसानहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा प्रधान निर्देशक टीटी भोटियाको उपस्थिति रहेको थियो। उपस्थित अन्य अधिकारीहरुमा रचना गुरुङ, एके वशिष्ठ, डा. प्रकाश शर्मा र आईसीएआर सिक्किम केन्द्रका वरिष्ठ वैज्ञानिक डा. सुदीप कुमार दत्ता सामेल थिए। प्रत्यक्ष प्रशारणले उपस्थित किसानहरूलाई प्रधानमन्त्रीको सन्देश र दृष्टिकोणसँग प्रत्यक्ष जोड़िने अवसर प्रदान गरेको थियो। यसबीच लसकृषकहरुसंग संवाददात्मक सत्र पनि आयोजना गरिएको थियो। जसमा वैज्ञानिकहरूले फसल उत्पादन, कीरा र रोग प्रबन्धन अनि अन्य चुनौतीहरूसँग सम्बन्धित किसानका प्रश्नहरूको जवाफ दिए। मुख्य अतिथि भोटियाले आफ्नो सम्बोधनमा सिक्किमका किसानहरूले आधुनिक कृषि प्रविधि अप्नाउनुपर्ने आवश्यकतामाथि जोड दिए। यसरी नै, समिती निर्देशक गुरुङले किसानहरूका लागि पीएम-किसान योजनाको उद्देश्य र लाभहरूबारेमा विस्तृत रूपमा जानकारी गराए। उनले सिक्किममा लगभग ६५,००० किसान परिवारहरूमध्ये लगभग ३४,००० किसान पीएम-किसान सम्मान निधि योजना अन्तर्गत पञ्जीकृत रहेको जानकारी साझा गरिन्। उक्त पञ्जीकृत किसानहरूले वर्तमानसम्म सामुहिक रूपमा ६१,६६,८४,००० रुपियाँ प्राप्त गरेका छन्, जसले सिक्किमको किसान समुदायलाई सहयोग गर्ने योजनाको महत्त्वपूर्ण प्रभावमाथि प्रकाश पार्ने बताए। सत्रले ज्ञान र व्यावहारिक अन्तर्दृष्टिको बहुमूल्य आदान-प्रदानलाई बढावा दिएको थियो। जसले सहभागीहरूका स्थायी कृषि पद्धतिहरूको बुझाइलाई समृद्ध बनाउने तय गरियो। प्रकाश शर्माले किसानहरूलाई सम्बोधन गर्दै उनीहरूलाई सर्वोत्तम सम्भावित लाभ प्राप्त गर्नका लागि उच्च मूल्य भएका फसलको खेती गर्ने प्रोत्साहित गरे। डा. दत्ता र लेप्चाले अन्तर्क्रिया सत्रको क्रममा किसानहरूका प्रश्नहरूको जवाफ दिए। उल्लेखनीय कुरा के छ भने पीएम-किसान सम्मान निधि योजनाले सिक्किमका विभिन्न जिल्लामा ३४,०५७ किसानहरूलाई लाभान्वित गरेको छ, जसमा गान्तोक (४,१८२), गेजिङ (५,६६६), मङ्गन (४,१९१), नाम्ची (७,०६२), पाकिम (५,६००) र सोरेङ (७,३५६) सामेल छन्। कार्यक्रम वाराणसीबाट प्रत्यक्ष प्रशारण गरिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले पीएम-किसानको २०औँ किस्ता अन्तर्गत भारतभरिका ९.७ करोडभन्दा अधिक किसानहरूलाई २०,५०० करोडभन्दा अधिक रुपियाँ जारी गरे, जसले किसानहरूलाई सशक्त बनाउने र कृषि विकासलाई बढ़ावा दिने सरकारको प्रतिबद्धतालाई पुष्टि गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement