गान्तोक: राजधानी गान्तोकमा एक अज्ञात शव फेला परेको छ। पुलिस रिपोर्टअनुसार ४० देखि ४५ वर्ष बीच उमेर भएको लगभग ५ फुट अग्लो अज्ञात महिलाको शव स्थानीय लालबजार क्षेत्रमा फेला परेको हो। मृतक महिलाले कालो जम्पर अनि चेक ट्राउजर लगाएकी छन् भने ओँठमा कोठीं रहेको छ। पुलिसले शवलाई पोस्टमर्टमको निम्ति एसटीएनएम अस्पताल लगिएको छ भने पहिचानको निम्ति ७३ घण्टासम्म अस्पतालको शवगृहमा राखिने छ।
पुलिसको प्रारम्भिक जाँचमा मृतक महिला पूर्व सिक्किमको आसामसिङ्जे निवासी रहेको अनुमान लगाइएको छ तर त्यसको आधिकारिक पुष्टि भने हुनसकेको छैन। हाल पुलिसले महिलाको पहिचान खोज्ने दिशामा जाँच गरिरहेको छ।