टाशीडिङमा दिव्याङ्गहरुको मेगा स्क्रिनिङ

IMG-20250802-WA0132

गेजिङ: ब्लक शिक्षा कार्यालय, चोङराङको संयोजनमा शारीरिकरुपमा असक्षम भएका बालबालिकाहरूका लागि मेगा स्क्रिनिङ शिविर आयोजन गरियो। टाशिडिङ वरिष्ठ माध्यमिक विद्यालयमा सम्पन्न भएको शिविर समग्र शिक्षा अभियानअन्तर्गत राष्ट्रिय शिक्षा नीतिको पाँचौं वार्षिकोत्सवको अवसरमा आयोजित गरिएको हो। गान्तोकस्थित समग्र शिक्षा कार्यालयको प्रायोजनमा सम्पन्न भएको यस शिविर स्वास्थ्य तथा परिवार कल्याण विभाग, महिला, बालबालिका, वरिष्ठ नागरिक तथा दिव्याङजन कल्याण विभाग, सीआरसी सिक्किम, तथा गेजिङ जिल्ला शिक्षा विभागको सहकार्यमा आयोजित गरिएको थियो। शिविरको मुख्य उद्देश्य ब्लकअन्तर्गतका विभिन्न विद्यालयहरूमा अध्ययनरत विशेष बालबालिकाहरूको पहिचान र सम्पूर्ण स्वास्थ्य परीक्षण गर्नु रहेको थियो। कुल १६ जना विद्यार्थीहरूले शिविरमा सहभागिता जनाएका थिए। जसमध्ये ४ जना विद्यार्थीहरूमा नयाँ किसिमका अपाङ्गता पहिचान गरिएको छ। यसले प्रारम्भिक हस्तक्षेप र आवश्यक सेवाको सुविधा सुनिश्चित गर्ने तय गरेको छ। उक्त शिविरमा गेजिङ जिल्ला अस्पतालका अनुभवी विशेषज्ञहरूको टोलीले बालबालिकाहरूको परीक्षण तथा परामर्श प्रदान गरेका थिए। सहभागी चिकित्सकहरूमा डा. प्रभात राई, अस्थिरोग विशेषज्ञ डा. तेन्जिङ ओङ्मु भोटिया नेत्ररोग विशेषज्ञ टीकामाया छेत्री, मनोवैज्ञानिक अभिषेक प्रधान दृष्टि परीक्षणकर्ता, इडेन ल्हमु भोटिया सामेल थिए। शिविरमा कङ्ग्री–टाशिडिङ क्षेत्रका जिल्ला पञ्चायत सदस्य बिरेन्द्र गुरुङ, टाशिडिङ एसएसएसका प्रधानाध्यापक तारा प्रसाद दाहाल, सहायक शिक्षा अधिकृत पूर्णिमा कार्की, सीआरसी समन्वयक हरि प्रसाद शर्मा, उपस्थिति थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement