नेश्नल आर्म रेशलिङमा सिक्किमलाई ८ स्वर्ण, ९ रजत र ८ काँश्य पदक

IMG-20250802-WA0133

गान्तोक: गुवाहाटीमा सम्पन्न भएको ४२औं नेश्नल आर्म रेशलिङ च्याम्पियनशीप २०२५ मा सिक्किमले ९ वटा स्वर्ण पदक, ५ वटा रजत र ८ वटा काँस्य पदक हासिल गरेको छ। युनाइटेड आर्म रेसलिङ एसोसिएसन अफ् सिक्किमका खेलाडीहरूले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए। यसअन्तर्गत स्वर्ण पदक विजेताहरूलमा लेन्डुप दोर्जी भोटिया, फुछिरिङ भोटिया, रोनाल्ड लेप्चा, रानाम लेप्चा, शेरप दोर्जी गुरूङ, नाम्दु भोटिया, अमित न्यौपाने र पाण्डे ल्हमु राई रहेका छन्। यसर नै चन्दनकुमार छेत्री, शेराप दोर्जी गुरूङ, रोनाल्ड लेप्चा, दिवबहादुर भुजेल र सुष्मा राईले रजत पदक हासिल गरेका छन्। फुछिरिङ भोटिया, ओङडुप तामाङ, राजेन गुरूङ, रानामा लेप्चा, दिलबहादुर भुजेल, चन्दमाया प्रधान, निर्मला लिम्बू र गौरीमाया प्रधानले काँस्य पदक हासिल गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement