स्वालीगाउँ स्कूलमा ‘एक दिन स्कूलमा’ कार्यक्रम

IMG-20250802-WA0134

सोरेङ: सोरेङ जिल्लाको वाणिज्य एवं उद्योग विभागअन्तर्गत जिल्ला उद्योग केन्द्रको पहलमा सोरेङ जिल्लाको स्वालीगाउँ सरकारी माध्यमिक विद्यालयमा एक दिन स्कूलमा कार्यक्रम आयोजन गरियो। विशेष गरेर सिक्किम राज्य स्थापनाको ५०औं वर्षगाँठ महोत्सवको अवसरमा विद्यार्थीहरूलाई सोरेङ जिल्ला प्रशासनले गरेको परिकल्पनाको उद्देश्य विद्यार्थीहरूलाई अपरम्परागत र अनुभवात्मक माध्यमबाट सिक्ने अवसर प्रदान गर्नु हो जसले गर्दा विद्यार्थीहरूलाई सिद्धान्त र व्यवहारसँग जोड्न सहयोग गर्न वास्तविक- अनुभव प्रदान गर्नु हो। कार्यक्रमलाई सम्बोधन गर्दै डीआइसीका प्रभारी दावा ग्याल्पो र जुलियन छेत्रीले विद्यार्थीहरूलाई उद्यमशीलताको आधारभूत कुराहरू, सरकारी पहलहरू र आकांक्षी युवा उद्यमीहरूका लागि उपलब्ध अवसरबारेमा अवगत गराए। सम्वन्धित विभागअन्तर्गतका विभिन्न योजनाहरू जस्तै प्रधानमन्त्रीको सूक्ष्म खाद्य प्रशोधन उद्यमहरूको औपचारिकीकरण, एमएसएमई, आरएएमपी लगायत साना व्यवसायहरू स्थापना गर्न चाहने व्यक्तिहरूलाई सहयोग पुऱ्याउनको निम्ति राज्य-स्तरीय अनुदान कार्यक्रमहरू शुरू गरिएको बताए। विद्यार्थीहरूलाई क्रेडिट-लिङ्क गरिएको अनुदान, सीप विकास तालिम कार्यक्रमहरू र तृणमूलस्तरमा स्वरोजगार र नवप्रवर्तनलाई प्रोत्साहन गर्न डीआइसीले सदैव सहयोग गर्ने जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement