सूर्य फाउन्डेशनको पहलमा विरुवाहरु वितरण कार्यक्रम

IMG-20250802-WA0125

खरसाङ: देशभरिमै वर्षैपिछे १८ वटा राज्यहरूमा वृक्षारोपण कार्यक्रम पर्यावरणलाई सन्तुलन गर्नको निम्ति सूर्य फाउन्डेशनको माध्यमद्वारा भइरहेको समय यता दार्जिलिङ जिल्ला अन्तर्गत विभिन्न स्थानहरूमा वृक्षारोपण कार्यक्रम भइरहेको समय दार्जिलिङ जिल्लाको खरसाङ क्षेत्रमा पनि खरसाङ पानीघट्टा फरेस्टबाट लगभग २५० बिरुवाहरु रोपनको निम्ति स्थानीय फरेस्ट अफिसबाट प्राप्त भएपछि खरसाङ क्षेत्रका विभिन्न स्थानहरूमा शिक्षकहरूको माध्यमद्वारा लगाइने वितरण कार्यक्रम भयो। उक्त गाउँहरू अप्पर सिरुबारी रोहिणी चिसोपानी, तीनधारे महानदी, नयाँ कमान, बाघमारा बस्ती आदि स्थानहरूमा विरुवाहरु वितरण गरियो। उक्त कार्यक्रममा स्थानीय शिक्षक योगेन्द्र क्षेत्री, सन्तोष थापा कालेबुङ जिल्ला क्षेत्र प्रमुख सञ्जय लिम्बु साथै दार्जिलिङ जिल्ला सूर्य फाउन्डेसन डेपुटी इन्चार्ज भिखपुरी गोस्वामीको तत्वावधानमा विरुवाहरु वितरण गरिएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement