नाम्चीमा पोक्सो र बाल तस्करीमाथि तीन दिवसीय सचेतना कार्यक्रमको समापन

IMG-20220919-WA0209.jpg

गान्तोक: नाम्चीको वन स्टप सेन्ट्र, महिला एवं बाल विकास विभागको पहलमा महिला सुरक्षामाथि आयोजित तीन दिवसीय कानुनी सचेतना कार्यक्रमको हिजो समापन भयो। गत १६ सेप्टेम्बरदेखि शुरू भएको यस कार्यक्रम नाम्चीको ओम्चु भोकमा आयोजना गरियो। उदघाटन कार्यक्रममा राबोङ, अप्पर ओम्चुका महिलाहरूले अंशग्रहण गरेका थिए। यस अवसरमा उनीहरूलाई महिलाहरूको अधिकार र सुरक्षाको संरक्षण गर्ने कानूनहरू र उनीहरूले युनिभर्सल वुमन हेल्पलाइन मार्फत वन स्टप सेन्टरबाट उपलब्ध गराइने सेवाहरू प्राप्त गर्न सक्छन् भन्ने बारे सचेत गराइएको थियो। कार्यक्रमको दोस्रो दिन हेल्थ वेलनेस सेन्टरमा सम्पन्न भएको थियो ,जहाँ विद्यार्थीवर्ग, आशाकर्मी लगायत अन्यहरूले सहभागिता जनाएका थिए। यस अवसरमा पोक्सो र वाल तस्करबारेमा अवगत गराइयो। समापन कार्यक्रममा घऱ दैलो कार्यक्रम आयोजना गरिएको जसमा ओम्चु गाउँमा महिलाहरूलाई सचेत गराउनको निम्ति पर्चा वितरण गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *