पाँच दिवसीय प्रशिक्षण कार्यक्रम आरम्भ

IMG-20220919-WA0190.jpg

गान्तोक: राज्यको मत्सय पालन निर्देशालयको पहलमा आज बीओएस, एचएफजीएस, एफजीएसका अधिकारीहरूलाई लिएर पाँच दिवसीय प्रशिक्षण कार्यक्रम आयोजना गरियो। यस पाँच दिवसीय प्रशिक्षण कार्यक्रमको उदघाटन राज्यका कृषि विभाग मन्त्री लोकनाथ नेपालले गरे। यस प्रशिक्षण कार्यक्रममा २५ भन्दा अधिक अधिकारीहरूले सहभागिता जनाएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेपालले विभागले सानो भन्दा सानो कुरालाई महत्व दिएर अहिलेसम्म काम गर्दै आइरहेको जानकारी गराए। आज यस प्रशिक्षण कार्यक्रममा सहभागी बन्नेहरूले मन लगाएर सिक्नु पर्ने र व्यवहारमा उतार्नु पर्ने विषयमा जोर दिए। मन्त्रीले यस प्रशिक्षण सकेपछि सबैले आफ्नो जिम्मेवारी इमान्दारपूर्वक निर्वाह गर्नुपर्ने आग्रह गरे। हालसम्म विभागले विभिन्न क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आइरहेको र आगामी दिनमा पनि राम्रो काम गर्दै जाने उनले आश्वासन दिए।

विशेष गरेर माछा पालनको निम्ति दिएको कामहरू कतिपयले अहिसम्म शुरू नगरेको जानकारी गराउँदै सरकारको पैसा दुरूपयोग हुन नुहुने र यदि कसैले ट्याङ्की बनाउँदैन भने बनाउन इच्छुकहरूलाई दिनु पर्ने मन्त्रीले विभागका अधिकारीहरूलाई सुझाउ दिए।

माछा पालेर मानिसहरूले सहजै जिविकाउपार्जन गर्न सक्छन् भन्ने ध्येय राखेर विभागले माछा सहित ट्याङ्की बनाउने पनि धनराशि उपलब्ध गराएको उनले बताए। कुनै पनि विभागमा विचार सही राखेर काम गरेको खण्डमा अवश्य पनि अघि बढन सकिने उनले सम्भावना व्यक्त गरे। सरकार र विभागले गरेको कामबाट गाउँहरूले फायदा पाउनु पर्छ भन्नेबारेमा उनले जोर दिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *