पाँचौं टेस्ट म्याचमा भारतसँग ५२ रनको बढ़त

IMG-20250802-WA0067

लण्डन: भारत र ईंग्ल्याण्डबीच जारी पाँचौं तथा अन्तिम टेस्ट म्याच रोचक मोड़मा पुगेको छ। भारतले आफ्नो पहिलो ईनिंग्समा बनाएको २२४ रनको जवाफमा ईंग्ल्याण्ड शुक्रवार म्याचको दोस्रो दिन आफ्नो पहिलो ईनिंग्समा २४७ रन बनाएर अलआउट भयो। यसरी ईंग्ल्याण्डलाई पहिलो ईनिंग्सको आधारमा २३ रनको मामूली बढ़त हासिल भयो। त्यसपछि भारतले दोस्रो दिनको खेल समाप्त हुँदासम्म आफ्नो दोस्रो ईनिंग्समा २ विकेटमा ७५ रन बनायो। यसरी भारतसँग अहिले समग्रमा ५२ रनको बढ़त रहेको छ। दोस्रो दिनको खेल समाप्त हुँदासम्म ओपनर यशस्वी जयसवाल ५१ र नाइट वचम्यान आकाश दीप ४ रनमा अविजित रहे। ईंग्ल्याण्डका बलरहरूमा आज गस एटकिन्सन र जोश टंगले १–१ विकेट लिए। जयसवालले ४९ बल खेलेर ७ वटा चौका र २ वटा छक्का लगाइसकेका छन्। भारतले आज केएल राहुल र साई सुदर्शनको विकेट गुमायो। राहुलले ७ र सुदर्शनले ११ रन बनाए। यसअघि आज पहिलो दिनको स्कोर ६ विकेटमा २०४ रनदेखि अघि खेल्दै भारतले आफ्नो पहिलो ईनिंग्समा २० रन जोड़ेर रहल ४ विकेट गुमायो। करुण नायर ८ वटा चौकाको साथ १०९ बलमा ५७ रन बनाएर आउट भए। ईंग्ल्याण्डका बलरहरूमा गस एटकिन्सनले सर्वाधिक ५ विकेट लिए। त्यसपछि ज्याक क्रली र बेन डकेटको ओपनिंग जोड़ीले तेज शुरुवात दिलाए पनि ईंग्ल्याण्डले पछिबाट लगातार विकेट गुमायो। डकेट र क्रलीले पहिलो विकेटको निम्ति ७७ बलमा ९२ रनको पार्टनरशीप गरे। आकाश दीपले डकेटलाई आउट गरी पार्टनरशीप तोड़नको साथै ईंग्ल्याण्डको पतन शुरु भयो। डकेटले ३८ बलमा ५ वटा चौका र २ वटा छक्काको साथ ४३ रन बनाए। यसबाहेक क्रलीले १४ वटा चौकाको साथ ५७ बलमा ६४ रन बनाए। यी दुई बाहेक ह्यारी ब्रूकले ६४ बलमा ५३ रन बनाए। उनले ५ वटा चौका र एउटा छक्का लगाए। यसबाहेक जो रुटले २९ र कप्तान ओली पोपले २२ रनको योगदान दिए। भारतीय बलरहरूमा मोहम्मज सिराज र प्रसिद्ध कृष्णाले ४–४ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement