ब्राइट स्पोर्टिंग क्लब क्वार्टर फाइनलमा पुग्न सफल

IMG-20250801-WA0137

सिलगढ़ी: सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा ब्राइट स्पोर्टिंग क्लबले क्वार्टर फाइनल मा प्रवेश गऱ्यो। सालुगढ़ा खेल मैदानमा शुक्रवार भएको म्याच मा ब्राइट स्पोर्टिंग क्लबले नर्थ बेंंगल फूटबल क्लबविरुद्ध ३–० ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट सिद्धू छेत्रीले ६२औं, एनोस राईले ७५औं र खोकन रोयले ७९औं मिनटमा गोल गरे। सिद्धू छेत्रीले प्लेयर अव् द म्याच को ट्रफी र नगद पुरस्कार जिते। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः १० र १२ अगस्तमा हुनेछ।

यसरी नै फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement