गरीब आवास योजनाका घरहरूको उद्घाटन

IMG_20220919_230205.jpg

पाकिम: आज नाम्चेबुङ निर्वाचन क्षेत्र अन्तर्गत नाम्चेबुङ ग्राम प्रशासन केन्द्रमा सिक्किम गरीब आवास योजनाका घरहरूको उद्घाटन गरियो। क्षेत्र विधायक एम प्रसाद शर्माको बाहुलीद्वारा ११ जना लाभार्थीको उद्घाटन गरियो।
यस अवसरमा संस्कृति विभागका सल्लाहकार डीटी भोटिया, खाद्य एवं नागरिक आपूर्ति विभागका सल्लाहकार इन्चुङ भोटिया, सेवानिवृत्त डीआईजी छिरिङ भोटिया, कृषि विभागका ओएसडी पीके सुब्बा आदि पनि उपस्थित थिए।
कार्यक्रममा दुग्ध कृषकहरूलाई अप्रेल २२ देखि जून २२ सम्मका दूधको प्रोत्साहन राशि पनि वितरण गरियो। नाथाङ माचोङ र नाम्चेबुङका ३२ भन्दा धेरै सहकारी समितिलाई ३१ लाख ४ हजार १५० रूपियॉं वितरण गरियो।

About Author

Advertisement