कप्तानको रूपमा एउटा सीरीजमा सर्वाधिक रन बनाउने रेकर्ड तोड़े शुभमन गिलले

IMG-20250801-WA0072

लण्डन: भारतीय टेस्ट टोलीका कप्तान शुभमन गिल अहिले असाधारण लयमा रहेका छन्। ईंग्ल्याण्डविरुद्ध जारी टेस्ट सीरीजमा उनले आफ्नो स्तरीय ब्याटिंगको साथ लगातार रन बनाउँदै रेकर्ड तोड़िरहेका छन्। बिहीवारदेखि शुरु भएको सीरीजको पाँचौं तथा अन्तिम टेस्ट म्याचको पहिलो दिन पनि उनले एउटा विशेष खास हासिल गरे। गिलले आज कप्तानको रूपमा एउटा सीरीजमा सर्वाधिक रन बनाउने भारतीय रेकर्ड तोड़े। यस मामिलामा उनले महान सुनिल गावस्करको रेकर्ड तोड़े। गिलले गावस्करको ४६ साल पुरानो रेकर्ड तोड़े। गावस्करले १९७८-७९-मा वेष्ट इण्डिजविरुद्ध टेस्ट सीरीजमा ७३२ रन बनाएका थिए। गिलले जारी सीरीजमा ७३३ रन बनाउनको साथै उनको रेकर्ड तोड़े। यस सूचीमा टेस्ट क्रिकेटबाट हालै सन्न्यास लिने विराट कोहली तेस्रो स्थानमा छन्। कोहलीले २०१६-मा ईंग्ल्याण्डविरुद्ध घरेलु टेस्ट सीरीजमा ६५५ रन बनाएका थिए। गिलले ईंग्ल्याण्डविरुद्ध जारी सीरीजमा ४ वटा शतक बनाइसकेका छन्, जसमा एउटा दोहोरो शतक (२६९) पनि सामेल छ। गिल आज पाँचौं टेस्ट म्याचको पहिलो ईनिंग्समा २१ रन बनाएर दुर्भाग्यजनक तरिकाले रन आउट भए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement