करुण नायरकाे अविजित अर्द्धशतकले पहिलो दिन भारतको ६ विकेटमा २०४ रन

IMG-20250801-WA0071

लण्डन: भारत र ईंग्ल्याण्डबीच पाँचौं तथा अन्तिम टेस्ट म्याच बिहीवारदेखि ओवल मैदानमा शुरु भइसकेको छ। वर्षाले लगातार वाधा पुऱ्याएको पहिलो दिनको खेलमा भारतले आफ्नो पहिलो ईनिंग्समा ६ विकेटमा २०४ रन बनायो। पहिलो दिनको खेल समाप्त हुँदासम्म करुण नायर ५२ र वाशिंगटन सुन्दर १९ रनमा अविजित थिए। यी दुईजनाले सातौं विकेटको निम्ति ५१ रनको अटूट पार्टनरशीप गरिसकेका छन्। नायरले ९८ बल खेलेर ७ वटा चौका लगाइसकेका छन्। यसरी सुन्दरले ४५ बल खेलेर २ वटा चौका लगाएका छन्। ईंग्ल्याण्डका बलरहरूमा आज गस एटकिन्सन र जोश टंगले २-२ विकेट लिए। एक विकेट क्रिस वोक्सको नाममा रह्यो। भारतीय कप्तान शुभमन गिलले आज सीरीजमा लगातार पाँचौं पटक टस हारे। ईंग्ल्याण्डका कार्यवाहक कप्तान ओली पोपले टस जितेर भारतलाई पहिला ब्याटिंग गर्न आमन्त्रित गरे। भारतको शुरुवात खराब रह्यो। यशस्वी जयसवाल २ र केएल राहुल १४ रन बनाएर आउट भए। यसरी केवल ३८ रनमा दुवै ओपनरलाई गुमाएपछि साई सुदर्शनले कप्तान शुभमन गिलसँग मिलेर स्कोर ८३ रनसम्म पुऱ्याए। गिल २१ रन बनाएर दुर्भाग्यशाली तरिकाले रन आउट भए। भारतले पछिबाट सुदर्शन, रविन्द्र जडेजा र ध्रुव जुरेलको विकेट लगातार अन्तरालमा गुमायो। सुदर्शनले ३८ रन बनाए। यसरी जडेजा ९ र जुरेल १९ रन बनाएर आउट भए। यसरी केवल १५३ रनमा ६ विकेटको पतनपछि नायर र सुन्दरले मिलेर लड़ाइँ शुरु गरे अनि दिनको अन्तसम्म थप विकेटको पतन हुन दिएनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement