नादोङ भूटिया फूटबल एकाडमीको पेनल्टी शूटआउटमा रोमाञ्चक जीत

IMG-20250731-WA0127

सिलगढ़ी: सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्ट मा नादोङ भूटिया फूटबल एकाडमी (एनबीएफए)-ले क्वार्टर फाइनल मा प्रवेश गऱ्यो। सालुगढ़ा खेल मैदानमा आज भएको म्याचमा एनबीएफए-ले बेतगेड़ा स्पोर्टिंग क्लबविरुद्ध पेनल्टी शूटआउटमा ४-२-ले जीत हासिल गऱ्यो। नियमित ९० मिनटको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा एनबीएफए-को तर्फबाट आरोन सुब्बाले नवौं मिनटमा गोल गरे। यसरी बेतगेड़ा स्पोर्टिंग क्लबको तर्फबाट बिशाल साइबोले ३५औं मिनटमा गोल गरे। विजेता टीमका गोलकीपर निकृत तामाङले प्लेयर अव् द म्याचको ट्रफी र नगद पुरस्कार जिते। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः १० र १२ अगस्तमा हुनेछ।

यसरी नै फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement