तीनधारेमा महिनाव्यापी ‘कुनसाङ लामे स्याल लुङका’ दिव्य प्रवचन कार्यक्रम हुने

IMG-20250731-WA0123

खरसाङ: तीनधारेको मिठाईडाँडास्थित पदमा छ्योलिङ गुम्बामा एक महिनाव्यापी ‘कुनसाङ लामे स्याल लुङका’ दिव्य प्रवचनको कार्यक्रम आयोजना भईरहेको छ। उक्त महुनाव्यापी ‘कुनसाङ लामे स्याल लुङका’ दिव्य प्रवचनको कार्यक्रम १ अगस्त २०२५च देखि ३१ अगस्त २०२५ सम्म आयोजना गरिने भएको छ। यस विषयमा तीनधारेको मिठाईडाँडास्थित पदमा छ्योलिङ गुम्बा तामाङ बुध्दिष्ट एसोसिएसनको सचिव महेन्द्र तामाङले एक प्रेस विज्ञप्ति जारी गर्दै एक महिनासम्म चल्ने उक्त ‘कुनसाङ लामे स्याल लुङका’ दिव्य प्रवचनको कार्यक्रम शुक्रबार १ अगस्तदेखि लगातार रुपमा प्रतिदिन अपरान्ह २:३० बजीदेखि ४ बजीसम्म धर्म गुरु ल्हाक्पा बम्जन म्हेम्हेद्वारा प्रवचन दिइने जानकारी गराएका छन्। उनले उक्त महिनाभरि चल्ने ‘कुनसाङ लामे स्याल लुङका’ दिव्य प्रवचनको कार्यक्रमलाई सबैलाई उपस्थित भएर दिव्य प्रवचन श्रावन गरिदिने आह्वान् गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement