प्रेम सम्बन्धमा आत्महत्या गर्ने प्रेमी परिवार पक्षबाट कालचिनी थानामा नालिस्

5c62650b-33a3-4b0b-81c5-e4a1b153bc36

  कालचिनी – एकजना सम्बन्ध विच्छेद भएर माइतमा बस्दै आइरहेकी महिलासितको प्रेम सम्बन्धमा बॉंधिएको धुपगढीका युवकद्वारा आत्महत्या गरिएको मामिलामा आज आत्महत्या गर्ने प्रेमी युवकको परिवार पक्षबाट कालचिनी थानामा कथित प्रेमिका विरुद्ध अभियोग जमा भएको घटना प्रकासमा आएको छ| आत्महत्या गर्ने प्रेमी युवकको परिवार पक्षबाट प्राप्त जानकारीअनुसार गत १५ सेप्टेम्बरको दिन प्रेमी युवक केष्टु सरकार (२२) ले प्रेमिकाको हेमिल्टनगञ्जस्थित घरमा आएर विवाह प्रस्ताव राख्दा प्रेमिका महिलाले अस्वीकार गरेकी थिईन भने यसलाई सहन गर्न नसकेर युवकले विषपान गरेको थियो|

  उक्त घटनाको जानकारी पाएर धुपगढीबाट युवकको परिवार सदस्यहरूले आशंकाजनक अवस्थामा युवकलाई पहिला उत्तर लोथाबारी ग्रामीण अस्पतालमा त्यसपछि अलिपुरद्वार र त्यहॉंबाट पनि सिलगढ़ीको एउटा निजी नर्सिङ होममा उपचारको निम्ति भर्ना गराएको थियो| तर १७ सेप्टेम्बरको दिन उक्त युवक केष्टु सरकारको उपचाराधीन अवस्थामा मृत्यु भएकोले स्वार्थको निम्ति प्रेमजालमा केष्टुलाई फसाएको र विवाहको प्रस्ताव नमान्दा केष्टुले विषपान गरेर मर्न बाध्य भएको र आत्महत्या गर्न प्रोत्साहन दिएकी महिला विरुद्ध पुलिस प्रशासनले केही पदक्षेप लिइदिने निवेदन गर्दै आज मृतक युवकको परिवार सदस्यहरू कालचिनी थानामा आएको थियो| मृत युवकको परिवार पक्षबाट अभियोग जमा दिए तापनि अभियोग बारेमा पुलिसले केही टिप्पणी गर्न अस्वीकार गरेका छन् भने यता मृत युवकको दिदी र काकाले केष्टु सरकारलाई आत्महत्या गर्न बाध्य बनाउने उक्त महिला विरुद्ध कानुनी कारवाई हुनपर्ने दाबी कालचिनी थाना समक्ष गरेका छन्| मृतकको दिदीले जुन महिलासित भाईको सम्बन्ध थियो त्यस महिलाको विवाह ६ बर्ष अघि धुपगढीमा नै भएको थियो तर उक्त महिलाले लोग्नेसित सम्बन्ध विच्छेद गरेर यता हेमिल्टनगञ्ज आफ्नै माइतमा बस्दै आईरहेकी थिईन| यस महिलाले भाईको रुपियॉं पैसा धुतेर खाएको र विवाह प्रस्ताव राख्दा महिलाले अर्को प्रेमी रहेको कुरा बताएको र भाईले विषपान गरेर आत्महत्या गर्न बाध्य भएको गम्भीर आरोप लगाएको छ| यद्यपि यस सम्बन्धमा महिला अनि तिनको परिवार सदस्यहरूले केही मन्तव्य गर्न अस्वीकार गरेका छन्|

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *