लखनऊ: काेलकत्ता नाइट राइडर्स (केकेआर)-बाट हालै अलग हुने पूर्व भारतीय बलिंग प्रशिक्षक भरत अरुण यसै भूमिकामा लखनऊ सुपर जाइण्ट्स (एलएसजी)-मा सामेल भएका छन्। आईपीएल फ्रेञ्चाइजीले यसबारे अहिलेसम्म आधिकारिक घोषणा चाहिँ गरेको छैन। फ्रेञ्चाइजीको नजिकको स्रोतले गोपनीयताको शर्तमा भनेका छन्, अरुण एलएसजी-मा सामेल भएका छन् अनि चाँडै यसको औपचारिक घोषणा गरिनेछ। अरुण केही साल अघि केकेआर-मा सामेल भएका थिए तर २०२५ सीजनमा टीम आठौं स्थानमा रहेपछि शाहरुख खानको स्वामित्वमा रहने यस फ्रेञ्चाइजीले कोचिंग स्टाफमा बद्लाउ गरेको छ। यसरी गत सीजनमा सातौं स्थानमा रहने एलएसजी-ले पनि आफ्नो सहयोगी स्टाफमा फेरबदल गरिरहेको छ। राष्ट्रिय टीमको अहिलेसम्मको सबैभन्दा असल बलिंग प्रशिक्षकहरूमा एक अरुणलाई उनको रणनीतिक कुशलताको साथमा प्रतिभाशाली बलरहरूलाई सटीक मार्गदर्शन गर्ने क्षमताले गर्दा चिनिन्छ। यसबीच एलएसजी-ले आफ्नो मेण्टर जहीर खानसँग अनुबन्ध बढ़ाउनेछ या छैन भन्ने अहिलेसम्म जानकारी प्राप्त भएको छैन। पूर्व भारतीय दिग्गजसँग फ्रेञ्चाइजीको एक सालको अनुबन्ध रहेको थियो। यही कुरा मुख्य प्रशिक्षक जस्टिन लेंगरको क्षेत्रमा पनि लागू हुन्छ, जो गत २ सीजनदेखि टीममा रहेका छन्।