दुबई: आईसीसीले नयाँ ऱ्याङकिंग जारी गरेको छ। भारतका स्टार ओपनर अभिषेक शर्माले अष्ट्रेलियाका ट्रेविस हेडलाई पछि छोड़ेर विश्वका नम्बर एक टी२० ब्याटर बनेका छन्। वेष्ट इण्डिजविरुद्ध टी२० सीरीज नखेल्दा हेडलाई नोक्सान भएको छ अनि उनी झरेर दोस्रो स्थानमा पुगेका छन्। अभिषेकको करियरको यो सर्वश्रेष्ठ ऱ्याङकिंग हो। यतिमात्र नभएर टेस्ट, वनडे र टी२० तीनैवटा प्रारूपको तीनैवटा श्रेणी (ब्याटर, बलर र अलराउण्डर) लाई मिलाएर जम्मा ९ वटा ऱ्याङकिंगमा पाँचमा भारतीय खेलाड़ीहरूका शासन रहेको छ। अभिषेकबाहेक शुभमन गिल वनडे प्रारूपमा नम्बर एक ब्याटर हुन्। यसरी जसप्रीत बुमराह नम्बर एक टेस्ट बलर हुन्। यसबाहेक रविन्द्र जडेजा टेस्ट र हार्दिक पाण्ड्या टी२० इण्टरनेशनल प्रारूपमा नम्बर एक अलराउण्डर हुन्। यसबाहेक टीम ऱ्याङकिंगमा पनि भारत वनडे र टी२० प्रारूपमा शीर्ष स्थानमा रहेको छ। टेस्ट टीमहरूको ऱ्याङकिंगमा चाहिँ अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ।
देब्रे हातका ब्याटर अभिषेकसँग अहिले ८२९ रेटिंग पोइण्ट्स ररहेको छ जबकि हेड ८१४ पोइण्ट्सको साथ दोस्रो स्थानमा रहेको छ। अभिषेकले भारतको निम्ति अहिलेसम्म १७ वटा टी२० म्याचमा ३३.४४-को औसत र १९३.८५-को स्ट्राईक रेटले ५३५ रन बनाएका छन्। यसमा २ वटा शतक र २ वटा अर्द्धशतक सामेल छ। उनले यस प्रारूपमा ६ विकेट पनि लिएका छन्। अभिषेकलाई भारतीय क्रिकेटको भविष्यको स्टार मानिन्छ। टेस्ट अलराउण्डरहरूका सूचीमा शीर्षमा रहने जडेजासँग दोस्रो स्थानमा रहने बंग्लादेशका मेहदी हसन मिराजभन्दा ११७ रेटिंग पोइण्ट्स अधिक रहेको छ।