कालचिनी: राइमाटाङ चियाबारीको फ्याक्ट्री क्षेत्रबाट आज एउटा ६ फूट लामो अजिङ्गर उद्धार हुँदा प्रत्यक्षदर्शी श्रमिक अनि प्रबन्धनपक्ष माहौलमा खैलाबैला मच्चिएको थियो| उक्त अजिङ्गर देखेपछि घटनाको जानकारी पाना रेञ्जलाई दिएपछि घटनास्थलमा पुगेर बनकर्मीहरूले उक्त अजिङ्गरलाई सकुशल उद्धार गरेर गोदामडाबरी कोर कम्पार्टमेन्टमा लगेर छाड़िएको बन विभागले जनाएका छन्| यता सो अजिङ्गरले कुनै क्षति नगरेको राईमाटाङ चियाबारीको प्रबन्धनपक्षले जनाएका छन्|
यद्यपि उद्धार नभएको भए यसले कालान्तरमा घरपालुवा वस्तु तथा मान्छेलाई समेत क्षति पुर्याउन सक्थ्यो वा आफै शिकार पनि हुनसक्थ्यो भनि आशंका प्रबन्धनपक्षले गरेका छन्|