गान्तोक: आगामी १० अगस्तको दिन रम्फूको खेल मैदानमा पालन गरिने आमा सम्मान दिवस तयारीलाई लिएर आज सम्मान भवनमा एक बैठक सम्पन्न भयो। एसकेएम पार्टीका अध्यक्ष एवम मुख्यमन्त्री प्रेम सिंह तांमाङको अध्यक्षतमा बसेको बैठकमा राज्यभरिका आमाहरूको निःशर्त प्रेम, त्याग र जीवनभरको योगदानको सम्मान गर्न उक्त कार्यक्रम आयोजना गरिने मुख्यमन्त्री तामाङले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
उक्त अवसरमा सरकारको दिशानिर्देश अन्तर्गत उल्लिखित मापदण्डहरू पूरा गर्ने आमाहरूलाई सशक्तिकरण र उत्थानमा केन्द्रित पहल, आमा सशक्तिकरण योजना अन्तर्गत चेक प्रदान गरिनेछ। बैठकको क्रममा मुख्यमन्त्री तामाङले समाजलाई आकार दिन आमाहरूले खेल्ने महत्त्वपूर्ण भूमिकामाथि प्रकाश पारे। हेरचाहकर्ता, शिक्षक र सल्लाहकारको रूपमा, उनीहरूले आफ्ना बच्चाहरूमा करुणा, सहानुभूति र जिम्मेवारीको मूल्यहरू स्थापित गर्छन्।

यसका साथै उनले उपस्थित सबैलाई स्पष्ट निर्देशनहरू जारी गरे, जसमा मन्त्रीगण, विधायकगण, ओएसडी, सीएलसी अध्यक्षहरू, महिला, बाल, ज्येष्ठ नागरिक र दिव्यांगजन कल्याण विभागका सचिव र अन्य अधिकारीहरू समावेश छन्। आमा योजनलाई निष्पक्षता र पारदर्शिताका साथ वास्तविक र योग्य लाभार्थीहरू पहिचान गर्न आ-आफ्नो निर्वाचन क्षेत्रमा समर्पित टोलीहरू निर्माण गर्न आग्रह गरे। कुनै पनि योग्य आमालाई छुटाउनु हुँदैन, र छनौट प्रक्रियामा न्याय र निष्ठा सुनिश्चित गर्न हरसम्भव प्रयास गरिनुपर्ने म मुख्यमन्त्रीले कडारूपमा निर्देश दिएका छन्। प्रत्येक योग्य आमालाई उनको निस्वार्थ योगदानको लागि मान्यता र सम्मानित गर्न सबै इमानदारी र प्रतिबद्धताका साथ काम गर्नुपर्ने आग्रह गरे। यो पहल केवल सरकारी कार्यक्रम मात्र नभएर मातृत्वको स्थायी शक्ति र भावनाप्रति हार्दिक श्रद्धाञ्जली रहेको मुख्यमन्त्रीले बताएका छन्।