पासिङदाङमा दिव्याङ्ग समीक्षा शिविर

IMG-20250730-WA0171

मंगन: मंगन जिल्ला शिक्षा विभाग कार्यालयले समग्र शिक्षा गान्तोकको सहयोग र स्वास्थ्य तथा परिवार कल्याण विभागको सहकार्यमा दिव्याङ्ग बालबालिकाहरूको पहिचान तथा समीक्षाबारे एक शिविर आयोजन गरियो। पासिङदाङ प्राथमिक स्वास्थ्य केन्द्रमा शुरु भएको शिविर राष्ट्रिय शिक्षा नीति २०२० को पाँचौं वर्षगाँठको अवसरमा पालन गरिएको हो। शिविरको मुख्य उद्देश्य विशेष आवश्यकता भएका बालबालिकाहरूको स्वास्थ्य समीक्षा, सहयोग उपकरणहरूको वितरण र समावेशी शिक्षाको प्रवर्द्धन गर्नु रहेको थियो। शिविरमा सबै बालबालिकाहरूलाई शिक्षामा समान सुविधा सुनिश्चित गर्ने लक्ष्य राखेको छ। कार्यक्रममा जिल्ला बाल संरक्षण कार्यालय मंगनका बाल सहयोग केन्द्रले पनि सहयोग गरेका थिए। पासिङदाङ ग्राम विकास केन्द्रअन्तर्गतका दिव्याङ्ग भएका बालबालिकाहरू, उनीहरूका अभिभावक र विशेष शिक्षकहरूले सहभागिता जनाएको कार्यक्रममा पाँच जना बालबालिकालाई दिव्याङ्ग प्रमाणपत्र प्रदान गरिएको थियो। यस अवसरमा इएनटी, आँखा र मनोरोगका विशेषज्ञहरू क्रमैले डा. रिञ्जिङ छोपेल डाडुल भोटिया, डा. तेञ्जिङ याङ्छेन भोटिया, सोनिला भोटिया, वरिष्ठ एएनएम नोमी लेप्चा अनि आँखा प्रविधिज्ञ टासी भोटियाले स्वास्थ्य परीक्षण गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement