गान्तोक: सीमा सड़क संगठनअन्तर्गत स्वास्तिक परियोजनाका ब्रिगेडियर एवं प्रमुख अभियन्ता मनोज गुप्ताले आफ्नो कार्यकाल पुरा भएको अवसरमा आज राज्यपाल ओमप्रकाश माथुरसँग भेट गरे। भेटको क्रममा ब्रिगेडियर अमित सखरे पनि सामेल रहेका थिए। राज्यपालसँगको भेटको क्रममा निवर्तमान ब्रिगेडियरले राज्यपाललाई स्वास्तिक परियोजना अन्तर्गत उत्तर सिक्किममा भइरहेका विकासात्मक कार्यहरू र धेरै प्रमुख परियोजनाहरूको सफलतापूर्वक सम्पन्न भएको जानकारी गराए। राज्यपालले क्षेत्रका सबैभन्दा चुनौतीपूर्ण र उच्च भू-भागहरूमा पूर्वाधार विकास गर्न समर्पित सेवाको लागि दुवै अधिकारीहरूको प्रशंसा गरे। दुवै अधिकारीहरूलाई उनीहरूको भविष्यका योजनाका लागि शुभकामना दिँदै, राज्यपालले क्षेत्रीय सम्पर्कलाई सुदृढ पार्न र राष्ट्रिय सुरक्षामा योगदान पुर्यादउन सीमा सडक संगठन अन्तर्गत परियोजना स्वस्तिकले निर्वाह गरेको भूमिकाको खुलेर प्रशंसा व्यक्त गरे।