डीएम अफिस र सिंगालिला स्ट्राइकर एफसी फाइनलमा पुग्न सफल

photocollage_2025730233437130

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित त्रिस्तरीय फूटबल लीगमा बुधवार २ वटा म्याच खेलियो। दुवै म्याच दावा माईला डुक्पा मेमोरियल सेकेण्ड डीविजन लीगको सेमिफाइनल फाइनल म्याच थियो। गोर्खा स्टेडियममा खेलिएको पहिलो म्याचमा डीएम अफिसले गेलोंगटार बोयजविरुद्ध पेनल्टी शूटआउटमा ४-३ ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर ३-३ को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा डीएम अफिसको तर्फबाट उमेश राईले २ र कुणाल तामाङले १ गोल गरे। यसरी गेलोंगटार बोयजको तर्फबाट सारुख सुब्बा, अभिषेक सुब्बा र फुर्बा दोर्जी तामाङले १-१ गोल गरे। दोस्रो म्याचमा सिंगालिला स्ट्राइकर एफसीले रंगबूल फूटबल एकाडमीविरुद्ध १-० ले जीत हासिल गऱ्यो। आजको २ विजेता टीमबीच फाइनल म्याच २ अगस्तमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement