सिलगढ़ी: सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा लीजेण्ड्स फूटबल क्लबले क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। सालुगढ़ा खेल मैदानमा आज भएको म्याचमा लीजेण्ड्स फूटबल क्लबले बाग्ची ब्रदर्सविरुद्ध २-१ ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट अभय थापा र अदीप राईले गोल गरे। यसरी बाग्ची ब्रदर्सको तर्फबाट बाप्पी बर्मनले गोल गरे। विजेता टीमका रोमारिक ड्रेकले प्लेयर अव् द म्याचको ट्रफी र नगद पुरस्कार जिते। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः १० र १२ अगस्तमा हुनेछ।

यसरी नै फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।