अन्तिम टेस्ट म्याच जितेर सीरीज ड्र गर्ने भारतीय टीमको लक्ष्य

IMG-20250730-WA0161

लण्डन: भारतीय टीमको बिहीवारदेखि ईंग्ल्याण्डविरुद्ध शुरु हुने पाँचौं तथा अन्तिम टेस्टमा लक्ष्य जीतको साथ सीरीज बराबरीमा समाप्त गर्ने हुनेछ। एण्डरसन-तेन्दुलकर ट्रफी सीरीजको अन्तिम म्याचमा भारतका प्रमुख बलर जसप्रीत बुमराह खेल्नेछैनन्। भारती अहिले पाँचवटा टेस्ट म्याचको सीरीजमा १-२-ले पछि रहेको छ। प्रतिकूल परिस्थितिहरूबीच चौथो टेस्ट म्याच ड्र गरेर भारतीय टीमको मनोबल शिखरमा रहेको छ। यसरी आयोजक ईंग्ल्याण्डको लक्ष्य सीरीज जित्ने रहनेछ, जसको निम्ति आयोजक टीमलाई केवल ड्र-को आवश्यकता छ। लर्ड्स र म्यानचेष्टर टेस्ट म्याचको अन्त नाटकीय तरिकाले भएपछि अहिले ओवलमा भारतीय टीमको अभ्यास सत्रमा भएको विवादले पाँचौं टेस्ट म्याचको रोमाञ्च अझ बढ़ेको छ। म्यानचेष्टर र ओवल टेस्ट म्याचबीच केवल ३ दिनको अन्तर रहेको हुनाले बुमराहले अन्तिम टेस्ट म्याचमा खेल्नेछैनन्। कार्यभार प्रबन्धनअन्तर्गत उनलाई आराम दिइनेछ। बुमराहको अनुपस्थितिमा मोहम्मद सिराजले पेस आक्रमणको अगुवाई गर्नेछन्। म्यानचेष्टरमा पदार्पण गर्ने अंशुल कम्बोजको प्रदर्शन निराशाजनक रहेको हुनाले उनको स्थानमा आकाश दीपले लिने सम्भावना छ। आकाश दीप चोटमुक्त भएर टीममा फर्किन तयार छन्। एजबेस्टन टेस्ट म्याचमा उनले १० विकेट लिएका थिए। यसरी चौथो टेस्ट म्याचमा सिराज र आकाश दीपले पेस आक्रमण सम्हाल्नेछन्। स्पिन आक्रमणमा रविन्द्र जडेजा र वाशिंगटन सुन्दर रहने तय छ। शार्दुल ठाकुर र कम्बोजको साथमा प्रसिद्ध कृष्णाले प्रभावित गर्न नसकेको हुनाले अर्शदीप सिंहले पाँचौं टेस्ट म्याचमा खेल्ने मौका पाउन सक्छन्। भारतीय ब्याटिंग चाहिँ स्तरीय रहेको छ कारण कप्तान शुभमन गिल र ओपनर केएल राहुल असाधारण फर्ममा रहेका छन्। यशस्वी जयसवालले पनि सीरीजमा एउटा शतक बनाइसकेका छन्। टीमलाई अन्तिम टेस्ट म्याचमा पनि राहुल र जयसवालको ओपनिंग जोड़ीबाट असल शुरुवातको आशा रहनेछ। चौथो टेस्टको पहिलो ईनिंग्समा अर्द्धशतक बनाउने साई सुदर्शनलाई फेरि तेस्रो नम्बरमा देखिने तय छ। यसरी कप्तान गिलले चौथो नम्बर सम्हाल्नेछन्। रिषभ पन्त पाँचौं टेस्ट म्याचबाट बाहिर भएको हुनाले विकेटकीपर ब्याटर ध्रुव जुरेलले उनको स्थान लिने लगभग तय छ। जडेजा र सुन्दर दुवैले चौथो टेस्टमा साहसी शतकको साथ भारतलाई हार्नबाट बचाएका थिए। टीमलाई यी दुईजनाबाट निर्णायक टेस्टमा पनि असल ब्याटिंगको आशा रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement