प्रतिष्ठित हर्ली मेमोरियल कप ५ अगस्तदेखि शुरु हुने

IMG-20250730-WA0091

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए) को तत्त्वावधानमा प्रतिष्ठित हर्ली मेमोरियल कप नक्आउट फूटबल टुर्नामेण्टको १०९औं संस्करण ५ अगस्तदेखि शुरु हुनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिनेछ। टुर्नामेण्टमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी), १०७ आईएनएफ (टीए), एसएमकेपी (सिलगढ़ी महकुमा क्रीड़ा परिषद) र दार्जीलिङ पुलिसले सीधै क्वार्टर फाइनलबाट अभियान शुरु गर्नेछ। टुर्नामेण्टको फाइनल १५ अगस्तमा हुनेछ। सबै म्याचहरू गोर्खा स्टेडियम (लेबोंग) मा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement