पाँचौं टेस्ट म्याचमा जसप्रीत बुमराह नखेल्ने लगभग तय

IMG-20250730-WA0085

लण्डन: भारतीय क्रिकेट टीमका प्रमुख पेस बलर जसप्रीत बुमराह कार्यभार प्रबन्धनअन्तर्गत ईंग्ल्याण्डविरुद्ध बिहीवारदेखि ओवलमा शुरु हुने पाँचौं तथा अन्तिम टेस्ट म्याचबाट बाहिर रहने तय छ। यसैकारण उनको स्थानमा आकाश दीपलाई अन्तिम एकादशमा मौका दिइने सम्भावना छ। एउटा रिपोर्टमा यस्तो दावी गरिएको छ। विश्वका नम्बर एक बलर ३१ वर्षीय बुमराहलाई ओल्ड ट्रेफर्डमा खेलिएको चौथो टेस्ट म्याचको अवधि फर्ममा देखिएन। उनले आफ्नो गतिलाई कायम राख्नको निम्ति संघर्ष गर्नु पऱ्यो। थकान हावी भएको हुनाले उनले आशानुरुप सफलता हासिल गर्न सकेनन्। रिपोर्टमा भनिएको छ, भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-को मेडिकल टीमले बुमराहलाई यसबारे अवगत गराएको छ। बुमराहलाई ढाड़को चोटबाट बचाउन अनि भविष्यलाई ध्यानमा राखेर नै यस्तो फसेला लिइएको छ। कम्मरको चोटले गर्दा आकाश दीप चौथो टेस्ट म्याचबाट बाहिर रहेका थिए तर अहिले उनी मैदानमा ओर्लिन तयार छन्। उनले पाँचौं टेस्टको निम्ति अन्तिम एकादशमा बुमराहको स्थान लिने लगभग तय छ।
यसअघि टीमका मुख्य प्रशिक्षक गौतम गम्भीरले टीमको संयोजनबारे कुनै फसेला नलिइएको अनि बुमराहसहित सबै बलरहरू फिट रहेको दावी गरेका थिए। म्यानचेष्टर टेस्ट म्याचपछि गम्भीरले भनेका थिए, अन्तिम टेस्ट म्याचको निम्ति टीमको संयोजनबारे हामीले कुनै चर्चा गरेका छैनौं। जसप्रीत बुमराह खेल्नेछन् या छैनन् भन्ने विषयमा कुनै फसेला लिइएको छैन तर सबै बलरहरू फिट छन्। म्याचमा खेल्ने सबैले आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्ने प्रयास गर्नेछन्। उल्लेखनीय छ, कार्यभार प्रबन्धनअन्तर्गत बुमराहलाई ईंग्ल्याण्डविरुद्ध सीरीजको ५-मा ३ वटा टेस्ट म्याचमा मात्र खेलाइने अगावै घोषणा गरिएको थियो। बुमराहले ३ वटा टेस्ट म्याच खेलिसकेका छन्। यसैकारण टीम प्रबन्धन कुनै जोखिम उठाउन चाहँदैन। म्यानचेष्टरमा खेलिएको चौथो टेस्ट म्याच ड्र रहेको थियो। त्यस टेस्टको पहिलो ईनिंग्समा बुमराहले ३३ ओभर बलिंग गरेका थिए। उनले पहिलोपल्ट कुनै एउटा ईनिंग्समा यति धेर ओभर गरेका थिए। उनले १०३ रन खर्च गरी २ विकेट लिएका थिए। यसरी उनले आफ्नो करियरमा पहिलोपल्ट कुनै एउटा टेस्ट ईनिंग्समा १०० भन्दा अधिक रन खर्च गरेका थिए। सीरीजको अवधि थकानले गर्दा उनको बलिंगमा गतिको कमी पनि देखियो। उनले सीरीजमा अहिलेसम्म ३ वटा टेस्ट म्याच खेलेर १४ विकेट लिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement