शक्तिशाली जापान, भियेतनाम र चाइनीज ताइपेसँग भारत महिला एशियन कपको ग्रुप सी-मा

IMG-20250730-WA0084

नयाँ दिल्ली: भारतलाई आउँदो साल अष्ट्रेलियामा हुने एएफसी महिला एशियन कप फूटबल टुर्नामेण्टको ग्रुप सी-मा जापान, पूर्व च्याम्पियन चाइनीज ताइपे र भियेतनामसँग राखिएको छ। एकदेखि २१ मार्च २०२६-सम्म चल्ने १२ वटा टीमको यस टुर्नामेण्टको निम्ति ड्र सिडनी टाउन हलमा आयोजित गरियो, जसमा भारतीय मीडफिल्डर संगीता बासफोर तीन ड्र सहायकहरूमा एक थिइन्। प्रतियोगितामा हिस्सा लिने १२ वटा टीमलाई ४-४-को ३ वटा ग्रुपमा बाँड़िएको छ। भारतीय टीमले आफ्नो अभियानको शुरुवात ४ मार्च २०२६-मा पर्थ रेक्टेंगुलर स्टेडियममा भियेतनामविरुद्ध म्याचको साथ गर्नेछ। त्यसपछि भारतले ७ मार्चमा त्यही मैदानमा जापानको चुनौती स्वीकार्नेछ। भारतको ग्रुप चरणमा अन्तिम म्याच १० मार्चमा वेष्टर्न सिडनी स्टेडियममा चाइनीज ताइपेविरुद्ध रहेको छ। प्रत्येक ग्रुपबाट शीर्ष २ वटा टीम र तेस्रो स्थानमा रहने २ वटा सर्वश्रेष्ठ टीमले क्वार्टर फाइनलमा स्थान बनाउनेछ। सेमिफाइनलमा पुग्ने ४ वटा टीमले ब्राजीलमा २०२७-मा हुने महिला वर्ल्ड कपको निम्ति सीधै क्वालीफाई गर्नेछ जबकि क्वार्टर फाइनलमा हार्ने टीमहरू प्लेअफ्-मा पुग्नेछन्। प्लेअफ्-बाट २ वटा टीमसँग फिफा महिला वर्ल्ड कपको निम्ति क्वालीफाई गर्ने मौका रहनेछ।
जापानले २०११-मा फिफा महिला वर्ल्ड कप जितेको थियो। जापान अहिले वर्ल्ड ऱ्याङकिंगमा पनि सातौं स्थानमा रहेको छ, जुन एशियन टीमहरूमा सर्वश्रेष्ठ हो। भियेतनाम फिफा ऱ्याङकिंगमा ३७औं र चाइनीज ताइपे ४२औं स्थानमा रहेको छ। भारतको वर्तमानमा फिफा ऱ्याङकिंग ७० रहेको छ। यसरी भारत ग्रुपमा सबैभन्दा ककम्ती ऱ्याङकिंग भएको टीम हो। भारतका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीले अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-को विज्ञप्तिमा भनेका छन्, मेरो विचारमा हाम्रो ग्रुप निक्कै चाखलाग्दो र सामान्य जटिल पनि छ। जापान एशियाको सर्वश्रेष्ठ टीम हो। भियेतनाम र चाइनीज ताइपे पनि असल टीम हो। हामी उनीहरूसँग प्रतिस्पर्धा गर्न सक्छौं अनि अनुकूल परिणामको आशा गर्न सक्छौं। उनले अझ भने, अहिले हामीलाई आफ्नो प्रतिद्वन्द्वी टीमहरूबारे थाहा लागिसकेको छ। यसैकारण हामीले असल तयारीको निम्ति मैत्री म्याचहरूको चयन ध्यानपूर्वक गर्नु पर्नेछ। एउटा एकाइको रूपमा एकजुट रहनु अनि अभ्यास शिविरहरूमा कठोर मेहनतले हामीलाई एशियन कपमा सर्वश्रेष्ठ टीमहरूको सामना गर्ने अनि वर्ल्ड कपको निम्ति क्वालीफाई गर्ने हाम्रो तयारीहरूको निम्ति फाइदाजनक साबित हुनेछ। उल्लेखनीय छ, एशियन कपको ग्रुप ए-मा आयोजक अष्ट्रेलियासँग दक्षिण कोरिया, ईरान र फिलिपिन्स रहेको छ। यसरी ग्रुप बी-मा उत्तर कोरिया, चीन, बंग्लादेश र उज्बेकिस्तान सामेल छ। चीन गत विजेता हो अनि टीमले रेकर्ड १०औं पल्ट खिताब जित्ने प्रयास गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement