ओमिशा एफसी-को रोमाञ्चक जीत

IMG-20250730-WA0003

सिलगढ़ी: सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा ओमिशा फूटबल क्लबले क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। सालुगढ़ा खेल मैदानमा आज भएको म्याचमा ओमिशा फूटबल क्लबले डिगलसिंह इलेवेनविरुद्ध २-१ ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट शुभंकरले २२औं र राजेशले ७४औं मिनटमा गोल गरे। यसरी डिगलसिंह इलेवेनको तर्फबाट मार्टिनले ५५औं मिनटमा गोल गरे।

विजेता टीमका राजेशले निर्णायक गोलको निम्ति प्लेयर अव् द म्याच को ट्रफी जिते। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः १० र १२ अगस्तमा हुनेछ। यसरी नै फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement