द ओवलको पीच क्यूरेटर फोर्टिससँग भारतीय प्रशिक्षक गम्भीरको बहस

IMG-20250730-WA0000

लण्डन: ईंग्ल्याण्ड यात्रामा रहने भारतीय क्रिकेट टीमका मुख्य प्रशिक्षक गौतम गम्भीर र ओवल मैदानका पीच क्यूरेटर ली फोर्टिसबीच मंगलवार तीखो बहस भयो। भारत र ईंग्ल्याण्डबीच पाँचवटा टेस्ट म्याचको सीरीजअन्तर्गत पाँचौं तथा अन्तिम टेस्ट म्याच ३१ जुलाईदेखि लण्डनको ओवल मैदानमा खेलिनेछ। म्यानचेष्टर टेस्टपछि भारतीय टीम सोमवार लण्डन पुगेको थियो। मंगलवार टीमको वैकल्पिक अभ्यास सत्रको अवधि नै गम्भीर र मैदानका पीच क्यूरेटरबीच बहस भयो। रिपोर्ट अनुसार, ली फोर्टिस पीचको अधिकांश हिस्सालाई भारतीय टीमले प्रशिक्षणको निम्ति प्रयोग गर्दा खुशी थिएनन्। उनले केही खेलाड़ीहरू र प्रशिक्षक पीचको नजिक आएको देखेर उनीहरूलाई पछि हट्ने निर्देश दिए। यसबारे फोर्टिसले भारतीय टीमका ब्याटिंग प्रशिक्षक सितांशु कोटकसँग चर्चा गरिरहेको समय गम्भीर त्यहाँ आए। फोर्टिसले गम्भीरलाई यस्तो बहस नगर्ने अनि उनको कुरालाई नसुने म्याच रेफरीलाई रिपोर्ट गर्ने चेताउनी दिए। फोर्टिसको चेताउनी सुनेपछि गम्भीरले रिसलाई काबूमा राख्न सकेनन्। उनले मैदानका क्यूरेटरलाई भने, यो सब बन्द गर्नुहोस्। हामीले के गर्नु पर्नेछ भन्ने बताउने आवश्यकता छैन। केही भन्नु पर्दैन। हामीले के गर्नु पर्नेछ भन्ने हाम्रो टीमका कसैलाई पनि बताउनु पर्नेछैन। तपाईं केवल एकजना मैदानकर्मी हुनुहुन्छ। आफ्नो क्षमताभित्र रहनुहोस्। यसबारे म्याच रेफरीलाई नालिश गर्दा हुन्छ। यस घटनाको भीडियो भायरल भएपछि कोटकले पछिबाट प्रेस कन्फ्रेन्समा भने, गम्भीर अनि उनको टीमलाई क्यूरेटरको कुराले अचम्भ लागेको थियो कारण त्यस समय उनीहरूले स्पाइक्स पनि लगाएका थिएनन्। हामी पीच हेर्नु जाँदा ग्राउण्ड स्टाफका एकजना सदस्यले हामीलाई कम्तीमा २.५ मीटरको दूरीमा रहने निर्देश दिए, जुन अचम्भको कुरा थियो। यसै पीचमा म्याच खेलिनेछ। मैले आफ्नो क्रिकेट करियरमा यस्तो भएको कहिले देखेको थिइनँ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement