स्वतन्त्रता दिवसको तयारीलाई लिएर समीक्षा बैठक

IMG-20250729-WA0154

गान्तोक: आगामी ७९औं स्वतन्त्रता दिवस समारोहको तयारीलाई लिएर आज सोरेङ जिल्लाका जिल्लापाल धीरज सुवेदीको अध्यक्षतामा समीक्षा बैठक सम्पन्न भयो। यस बैठकले उक्त समारोहमा सामेल कार्यक्रमको रुपरेखाबारे चर्चा गरेको थियो। यसअन्तर्गत खेलकुद, सांस्कृतिक कार्यक्रम, मञ्च सजा, पार्किङ, सुरक्षालगायत अन्य विषयहरूमाथि चर्चा परिचर्चा गरियो। यस अवसरमा विशेष गरेर अन्तरविद्यालय महिला र पुरूषवर्गको फुटबल प्रतियोगिता, अन्तरसमष्ठि महिला फुटबल प्रतियोगिता. अन्तरविभाग फुटबल प्रतियोगिता, महिला र पुरूषवर्गको टग अफ् वार र नशामुक्त अभियानअन्तर्गत म्याराथन प्रतियोगिताबारेमा चर्चा परिचर्चा गरियो। यसरी नै अन्तर ग्राम पञ्चायत यूनित अन्तर्गत नृत्य प्रतियोगिता, अन्तरविद्यालय देशभक्ति गीत प्रतियोगिताबारे पनि बैठकले छलफल गरेको थियो। यसमा उपसमितिले कार्यक्रमलाई अझ राम्रो बनाउन सुझावहरू मागेका थिए। यस अवसरमा सोरेङ जिल्लाका पुलिस अधिक्षक नहकुल प्रधान, अतिरिक्त जिल्लापाल डीआर विष्ट लगायत सम्बन्धित विभागका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement