सुबीरेश भट्टाचार्यलाई सिबिआइले पक्राउ गरेपछि एबीभीपीले बाढ्यो चकलेट

1619326_701660649952546_4173490616059364774_n.webp

सिलगढी: उत्तरबंग विश्वविद्यालयका उप-कुलपति सुबीरेश भट्टाचार्यलाई आज पक्राउ गरेको छ। यो खबरपछि अखिल भारतीय विद्यार्थी परिषद (एबीभीपी)-ले सीबीआई – लाई धन्यवाद दिँदै सिलगढीको हाशमी चौकमा मानिसहरूलाई चकलेट बाड्ने काम गर्यो। ज्ञात रहोस केही दिन अघि सीबीआईको टोलीले उत्तर बंगाल विश्वविद्यालयका उप-कुलपति सुबीरेश भट्टाचार्यको वासस्थान अनि कार्यालयमा छापामार अभियान चलाएको थियो।सिबिआइ टोलीले तिनीसित सोधखोज पनि गरेका थिए। यस पछि एसएससी शिक्षक भर्ती (एसएससी) मा भ्रष्टाचार गरेको आरोपमा सुबीरेश भट्टाचार्यलाई आज पक्राउ गरेको छ। तिनलाई पक्राउ गरेपछि शुसी मनाउँदै भाजपा को विद्यार्थी संगठन एबीभीपी का समर्थकहरूले ब्यानर बोकेर सीबीआई लाई विशेष धन्यवाद दिए। यसबारे संगठनका राज्य सचिव शुभब्रत अधिकारीले भने, हामी भ्रष्टाचारको विरूद्ध लगातार विरोध प्रदर्शन गर्नेछौ। आज हाम्रो नैतिक जीत भएको छ। सीबीआई ले सुबीरेश भट्टाचार्यलाई पक्राउ गर्नु यो लोकतन्त्रको जीत हो।

About Author

Advertisement