नयाँ दिल्ली: एशियन गेम्समा स्वर्ण पदक विजेता सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको जोड़ी बीडब्ल्यूएफ पुरुष युगल वर्ल्ड ऱ्याङकिंगमा शीर्ष १०-मा फर्किएको छ। भारतीय जोड़ीले गत हप्ता चीन ओपनको सेमिफाइनलमा स्थान बनाएको थियो, जसले उनीहरूलाई ३ स्थानको फाइदा भएको छ। विश्वको पूर्व नम्बर एक जोड़ी अनि अहिले १०औं स्थानमा रहने सात्विक र चिरागको जोड़ीले त्यसभन्दा अघि सिंगापुर र इण्डिया ओपनमा पनि सेमिफाइनलमा स्थान बनाएको थियो। पुरुष एकलमा भारतका शीर्ष खेला़ड़ी लक्ष्य सेन ५४४४२ पोइण्ट्सको साथ १७औं स्थानमा पुगेका छन् जबकि एचएस प्रणय पनि २ स्थान अघि बढ़ेर ३३औं स्थानमा पुगेका छन्। महिला एकलमा उन्नति हुड्डा करियरको सर्वश्रेष्ठ ३१औं ऱ्याङकिंगमा पुगेकी छन्, जसले गत हप्ता २ पल्टकी ओलम्पिक पदक विजेता पीभी सिन्धूलाई पराजित गरेकी थिइन्। सिन्धू १५औं स्थानमा कायम छिन्। महिला युगलमा त्रिशा जली र गायत्री गोपीचन्दको जोड़ी ११औं नम्बरमा कायम छ जबकि तनीषा क्रास्टो र अश्विनी पोनप्पाको जोड़ी २ स्थान अघि बढ़ेर ४५औं स्थानमा पुगेको छ।