गान्तोक: एसकेएम पार्टी राज्यस्तरीय सांगठनिक प्रकोष्ठको पहिलो समन्वय सभा सम्पन्न भयो। सभामा आगामी जनउन्मुक्ति एवं आमा सम्मान दिवसबारे व्यापकरुपमा छलफल गरियो। आज गान्तोकको तिबब्त पथस्थित एसकेएम पार्टी मुख्यालयमा सम्पन्न भएको सभा संगठन उपाध्यक्ष प्रभारी ओटी लेप्चाको सभाध्यक्षतामा सम्पन्न बैठकको थियो। जसको मुख्य उद्देश्य रम्फुमा आगामी १० अगस्तको दिन आयोजन हुने जनउन्मुक्ति एवं आमा सम्मान दिवसबारे छलफल गर्नु थियो। जनउन्मुक्ति साथै आमा सम्मान दिवसको सम्पूर्ण पर्यवेक्षणको जिम्मेवारी पार्टीको सांगठनिक प्रकोष्ठलाई सुम्पिएको छ। आजको सभामा उक्त विषयलाई लिएर विभिन्न बुँदामाथि चर्चा भएको थियो। यस अवसरमा नवनियुक्त सल्लाहकार, अध्यक्ष एवं ओएसडीहरूलाई सम्मान पनि गरियो। यसैगरी उत्तरार्द्धको बैठक युवा प्रकोष्ठका अध्यक्ष एवं जनउन्मुक्ति साथै आमा सम्मान दिवसका प्रमुख समन्वयक लाक्पा मोक्तानको उपस्थितिमा उक्त कार्यक्रम सम्बन्धित विभिन्न विषयमाथि लिएर विचारविमर्श गरिएको थियो। स्मरण रहोस्, एसकेएम पार्टीले आगामी जनउन्मुक्ति दिवस आमा सम्मानका रुपमा पालन गरिनेछ। जसका लागि पार्टीले विभिन्न तहमा सबै प्रकारका तयारी गरिरहेको छ।