गान्तोक: नाथाङ माछोङ निर्वाचन क्षेत्रकी विधायक एवं सामाजिक कल्याण विभागीय सल्लाहकार पामिन लेप्चाले छाङगु झीलको निरीक्षण गरिन्। विशेष गरेर उनले छाङ्गु झील परिसरको वर्तमान अवस्थाबारे समीक्षा गर्न निरीक्षण गरेकी हुन्। निरीक्षणको क्रममा विधायक लेप्चाले नाथाङ ग्राम पञ्चायत यूनिटका जिल्ला पञ्चायत, छाङगु पञ्चायत र सरोकारवालाहरूसँग झालको व्यवस्थापन र मरम्मति सम्भावनाबारेमा अन्तर्क्रिया गरिन्। छाङगु झीलको निरीक्षण पछि विधायक लेप्चाले थेगु प्राथमिक पाठशालाको निरीक्षण गरिन्। यसबीच उनले ७९औं स्वतन्त्रता दिवसको अवसरमा आयोजन गरिने जनरल सगत सिंह स्मृति खुल्ला फुटबल प्रतियोगिताको उद्घाटन पनि गरिन्। छाङगु एक नम्बर वार्ड र जेएन रोडको संयुक्त पहलमा आयोजना गरिएको उक्त प्रतियोगिताको मुख्य उद्देश्य स्थानीय फुटवल खेलाडीहरूलाई प्रोत्साहित गर्नु रहेको छ। उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै विधायक लेप्चाले सामुदायिक संलग्नता र खेलकूद विकासको लागि यस प्रकारको कार्यक्रमको महत्त्वमाथि प्रकाश पारिन्।