डीएम अफिस र रंगबूल फूटबल एकाडमी सेमिफाइनलमा पुग्न सफल

photocollage_202572823171689

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित त्रिस्तरीय फूटबल लीगमा सोमवार २ वटा म्याच खेलियो। दुवै म्याच दावा माईला डुक्पा मेमोरियल सेकेण्ड डीविजन लीगको क्वार्टर फाइनल म्याच थियो। गोर्खा स्टेडियममा खेलिएको पहिलो म्याचमा डीएम अफिसले रंगबूल भेटरन्स एफसीविरुद्ध ३–२ ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट निखिल छेत्री, उमेश राई र पी थापाले १–१ गोल गरे। रंगबूल भेटरन्स एफसीको तर्फबाट फिञ्जो वांगदी शेर्पा र फिरोज थापाले १–१ गोल गरे। दोस्रो म्याचमा रंगबूल फूटबल एकाडमीले ल्याण्ड रिफर्म युनाइटेडविरुद्ध २–१ ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट अविरल चाम्लिंग र वांगदेन डुक्पाले १–१ गोल गरे। ल्याण्ड रिफर्म युनाइटेडको तर्फबाट सौरभ राईले गोल गरे।

About Author

Advertisement